default_image

6 years ago

July 1, 2019

पल्सर स्पोर्टस अवार्डको तयारी पुरा , को को बन्लान् उत्कृष्ट ?

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेल क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस पावर्ड बाइ गोल्डस्टारको सबै तयारी पुरा भएको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

अवार्डको १६ औ संस्करण भोली (असार १७ गते ) काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुँदै छ । अवार्डसँगै सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने छ । मुल आयोजक समितिका संयोजक एवं मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले भने ‘अवार्ड सञ्चालन गर्न गठन गरिएका सम्पुर्ण समितिका कामहरु लगभग सकिएका छन् । अवार्डको सम्पुर्ण तयारी पुरा भएको छ ।

मञ्चले यसअघि नै पत्रकार सम्मेलनमार्फत विभिन्न पाँच विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । जसमा पिपल्स च्वाइस अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष प्रशिक्षक र युवा वर्ष खेलाडीको मनोनयन रहेका छन् ।

पिपल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा छन् । एसएमएस भोटिङ, फेसबुक लाइक, मञ्चका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिनेछ ।

अवार्ड कार्यक्रमको खेलाडी छनोट समितिले घोषणा गरेको वर्षको पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

त्यस्तै, वर्ष खेलाडी महिलाको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।

यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् । वर्ष प्रशिक्षकका लागि प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयन छन् । विजेता घोषणा कार्यक्रममै हुनेछ ।

वर्ष पुरुष, महिला, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । मनोनयनमा पर्नेले पनि गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गर्नेछन् ।
यस वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्न लागिएको छ ।

पारा एथलिट, टिम अफ दी इयर, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डको विजेता अवार्ड कार्यक्रममा घोषणा गरिनेछ । यस वर्षबाट एक जना एसियाका उत्कृष्ट खेलपत्रकारलाई पनि समेत सम्मान गर्न लागिएको मञ्चले जनाएको छ । अवार्डको नाम एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रहेको छ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको पल्सर बाइक रहेको छ । यस्तै, मुख्य सह–प्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार र मुख्य सह–प्रायोजक (पावर्ड बाइ) मा डिस मिडिया नेटवर्क लिमिटेड रहेका छन् ।
यसैगरी अवार्डको प्रत्यक्ष प्रसारण एभिन्युज टेलिभिजन र डिस मिडियाको एक्सन स्पोर्टसले गर्नेछन् । एसएमएस भोटिङका लागि आप्का नेपालको टीएचटी लाइभ ३७७२२ सँग सम्झौता छ । यस्तै, ंसूर्य नेपाल प्रालि, रुस्लान, केल्मे नेपाल, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, टर्किस एयरलाइन्स, साहस स्पोर्ट्स सह–प्रायोजकको रुपमा छन् । अवार्ड कार्यक्रमलाई इमेजिङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को समेत साथ रहेको छ ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.