6 years ago
July 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आगमी असोजमा माल्दिभ्समा आयोजना हुने एसियन बिच भलिबल र नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको बिच भलिबलका लागि प्रारम्भिक टोलीमा १२ खेलाडी छनोट गरेको छ ।

खेलाडी छनोट समितिका संयोजक याम बहादुर गुरुङले आसन्न दुई बिच भलिबल प्रतियोगिताको लागि महिला र पुरुषमा प्रारम्भिक टोलीमा समान ६–६ खेलाडी छनोट गरिएको हाम्रो खेलकुदलाई जानकारी गराए ।
गण्डकी प्रदेशको राजधानी पोखरामा असार दोस्रो साता सम्पन्न सातौ पुरुष तथा छैटौं महिला बिच भलिबल च्याम्पियनसिपबाट खेलाडी छनोट गरिएको हो । छनोटमा पुरुष र महिला दुवैतर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरु रहेका छन् । राष्ट्रिय भलिबल टोलीमा नपरेका अधिकांश खेलाडी बिच भलिबल टोलीमा अटाएका छन् ।
पुरुषतर्फ मानबहादुर श्रेष्ठ, दिल सुनार, अनिल दर्लामी मगर, राजु विक, सन्जु विक्रम शाह र रमेश केसीले प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । महिलामा विनिता बुढाथोकी, नेविका चौधरी, निता कुमारी शाह, कोपिला उप्रेती, पुष्पा चौधरी र मनिषा चौधरीले प्रारम्भिक टोलीमा स्थान बनाउन सफल भएका हुन् ।
बन्द प्रशिक्षण केही दिनमा हुने र बन्द प्रशिक्षणपछि महिला पुरुषमा अब समान ४–४ जनाले बिच भलिबलको टोलीमा स्थान बनाउने संयोजक गुरुङले जानकारी गराए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]