6 years ago
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला भलिबल टोलीले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि शनिबारदेखि प्रशिक्षण शुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा २५ खेलाडीमध्ये १६ खेलाडीको उपस्थिति रहेको थियो ।

पहिलो दिन सामान्य परिचयात्मक कार्यक्रम मात्रै भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तरगतको भलिबलका मुख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार टोलीको पुर्ण प्रशिक्षण १ साउनबाट शुरु हुनेछ ।
राष्ट्रपति रनिङ शिल्ड, विभागका खेलाडीहरुको आन्तरिक प्रशिक्षण र केही खेलाडीहरु बिरामी रहेका कारण आइतबारबाट शुरु हुने प्रशिक्षण अब बुधबारदेखि हुने प्रशिक्षक सलिना श्रेष्ठले बताइन् ।
विभाग बाहिर र काठमाडौं बाहिरका खेलाडीहरुलाई खाने बस्ने सुविधा प्रदान गरिएको छ । प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप कभर्ड हल अथाव आर्मीको कभर्डहल लगनखेलमा हुनेछ । महिला टोलीलाई जगदिश प्रसाद भट्टले प्रशिक्षण दिनेछन् ।

टिम म्यानेजरमा संघका सदस्य रिता कोइराला रहेका छन् । भलिबलकी प्रमुख प्रशिक्षक सलिना श्रेष्ठ, संघका उपाध्यक्ष यामबहादुर गुरुङ, जगदीशप्रसाद भट्ट, सुदेशकुमार रिमाल र मनवीर छन्त्याल रहेको ५ सदस्यीय छनोट समितिले नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङलगायत अनुभवी खेलाडी नेविका चौधरी, कोपिला उप्रेती, मनिषा चौधरी र कृपा अधिकारीलाई टिम बाहिर राख्दै थुप्रै नयाँ अनुहारलाई टिममा समावेश गर्दै गत जेठ १४ गते २५ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरेको थियो ।
पहिलो दिन प्रशिक्षणमा सहभागी खेलाडीहरु
प्रतिभा माली – प्रदेश ३
शान्ति थारु – आर्मी
उषा भण्डारी – पुलिस
आरती सुवेदी – प्रदेश ३
सुनिता खड्का – आर्मी
पुनम चन्द – पुलिस
कविता भट्ट – एपीएफ
रेश्मा भण्डारी – एपीएफ
चन्द्रकला खरेल – पुलिस
जानकी भण्डारी – आर्मी
अरुणा शाही – गण्डकी प्रदेश
सरस्वती कट्टेल – प्रदेश ५
कमला पुन – पुलिस
सलिना श्रेष्ठ – प्रदेश ३
शान्ति तामाङ – पुलिस
यामकली कुँवर – गण्डकी प्रदेश
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]