6 years ago
September 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण पदक विजेता अजितकुमार यादवले स्वदेशमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन् । डाक्टरले लामो समयसम्म आराम गर्नु पर्ने बताएपछि अजितले मंसिरमा काठमाडौं र पोखरामा आयोजना हुने १३ औं साग गुमाउनुपर्ने स्थिति बनेको छ ।

१३ औं सागको लागि गत शनिबार भएको छनोट दौरान ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका उनले झन्डै एक किलोमिटर बाँकी रहँदा पेटमा दुखाई महसुस गरे । त्यसपछि उनले दौड बीचमै त्यागे । १३औं सागमा उनी ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने योजनामा थिए । तर, उनको सपना चकनाचुर भएको छ ।
तोकिएको मितिमा साग भएको अवस्थामा उनले नेपालको प्रतिनिधित्व गर्ने अवस्था छैन । उनको स्थानमा हरि कुमार रिमाल या दीपक अधिकारीमध्ये एकले खेल्ने बताइएको छ । लगत्तै स्वास्थ परिक्षण गराउँदा उनमा हेपाटाइटिस ‘बी’ को लक्षण देखिएको थियो । डाक्टरले कम्तीमा पनि दुई देखि ३ महिना आराममा बस्नुपर्ने बताएपछि उनको साग खेल्ने सम्भावना लगभग सकिएको हो ।
‘डाक्टर र प्रशिक्षकहरुले यस्तो अवस्थामा खेल भन्दा स्वास्थ्य नै ठुलो रहेको र कम्तीमा पनि दुई महिना आराम गर्नुपर्ने भन्नुभएको छ । अब आराम गरेर बस्नेछु ’ अजिले हाम्रो खेलकुदलाई भने, ‘साग नजिकिँदै छ । साग खेल्दै राष्ट्रका लागि कम्तीमा एक पदक जित्ने ठुलो सपना थियो । अब त्यो पुरा नहोला जस्तो छ । सायदै म सागका लागि अब पुर्णरुपमा फिट नहुन सक्छु । राष्ट्रिय टोलीमा रहदिन होला ।’

अजितको बर्हिगमनसँग एथलेटिक्समा नेपालको कम्तीमा एउटा पदक जित्ने सम्भावना गुमेको छ । अजित अहिले नर्भिक अस्पताल थापाथलीमा हेपाटाइटिस ‘बी’ को निरन्तर उपचारमा छन् । आजैमात्र उनको भिडियो एक्सरे गरिएको र सामान्य अवस्था नै रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले उनलाई वैकल्पिक खेलाडीको रुपमा राखिएपनि उनले खेल्ने सम्भावना न्यून रहेको बताएका छन् ।
‘हामीले अजितलाई वैकल्पिक खेलाडीको रुपमा राखेका छौं । तर, उनको खेल्ने सम्भावना न्यून छ । हामीले अजितमा हेपाटाइटिस ‘बी’ को शंका लागेपछि नै दुई ठाउमा रक्त परिक्षणका लागि पठाएको थियौं’, उनले भने,‘ दुवै ठाउमा हेपाटाइटिस ‘बी’ पोजेटिभ देखिएको छ । अब उनको उपचारका लागि लामो समय लाग्नेछ । सायद उनले १३औं साग गुमाउनेछ ।’
यसअघि अजित हाम्रो खेलकुद डटकमकै समाचार प्रभावमा राष्ट्रिय टोलीको विशेष प्रशिक्षणमा सामेल भएका थिए । आठौं राष्ट्रिय खेलकुद नखेलेको भन्दै उनीहरुलाई राष्ट्रिय टोलीबाट बाहिर राखिएको थियो । हाम्रो खेलकुदले कीर्तिमानी अजित र सोम राष्ट्रिय टोलीबाटै बाहिर भन्ने शीर्षकमा समाचार प्रकाशन गरेपछि राखेपको राष्ट्रिय टिम तयारी, नेपाल एथलेटिक्स संघले तत्कालै उनीहरुलाई पत्राचार गर्दै विशेष प्रशिक्षणमा समावेश गरेको थियो ।

संघले कीर्तिमानी खेलाडीद्वय सोम बहादुर कुमाल र अजित कुमार यादवलाई बाहिर राख्दै २६ खेलाडीलाई समावेश गर्दै गत जेठ २७ गतेबाट विशेष प्रशिक्षणको सुरु गरेको थियो । अजितले गत चैतमा हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै ४५ वर्षपछि ऐतिहासिक पदक दिलाएका थिए ।
अजितले पुरुष ३ हजार मिटर दौड ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए । त्यतिबेला नै अजितले आफ्नै नाममा रहेको जुनियरतर्फको राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका थिए । राखेपले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले ८ मिनेट ४४.९ सेकेन्डमा दुर पार गर्दै जुनियरमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । अजित दुई महिनाअघि पल्सर स्पोर्टस अवार्डमा युवा वर्ष खेलाडी घोषित भएका थिए ।
सिनियरमा भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]