default_image

6 years ago

September 4, 2019

भलिबल प्रशिक्षक एबिङको बिदाई

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले राष्ट्रिय पुरुष भलिबल टोलीका नेदरल्यान्डका मुख्य प्रशिक्षक हान एबिङलाई बुधबार बिदाई गरेको छ । अन्तर्राष्ट्रिय भलिबल फेडेरेसन (फिभ) को प्राजेक्ट अन्तरगत तीन महिनाको लागि नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक बनेका एबिङलाई संघले बुधबार एक कार्यक्रमकाबीच बिदाई गरेको हो । उनी बिहीबार बिहान ९ बजे त्यतर्फ प्रस्थान गर्नेछन् ।

संघका अध्यक्ष मनोरन्जनरमण शर्मा प्रशिक्षक एबिङलाई बिदाई गर्दै फेरि पनि नेपाली टोलीको प्रशिक्षक बन्ने बाटो खुला रहेको संकेत गरेका छन् । संघका महासचिव जितेन्द्र बहादुर चन्दले प्रशिक्षक हानको आगमनसँगै नेपाली टोली सेन्ट्रल जोनमा पाँचौ स्थानमा रहेपनि टिमको स्तर माथि आएको बताए ।

‘हामीले यसपटक सेन्ट्रल जोनमा पदक जित्ने लक्ष्य लिएर नै फिभको प्रोजेक्टबाट प्रशिक्षकलाई तीन महिनाका लागि ल्याएका हौं । तर, सेन्ट्रल जोनमा लकले फेवर नगर्दा पदकविहीन हुन पुग्यौं । तर, म नेपालको स्तर घटेको घटेको मान्दिन ’ महासचिव चन्द भने, ‘हामीले हानलाई सेन्ट्रल जोनलाई लक्षित गर्दै नेपाली प्रशिक्षकलाई पनि सहयोग पुग्ने हेतुले ल्याएका हौं । हानबाट नेपाली प्रशिक्षकलाई फाइदा भएको छ ।’ महासचिव चन्दले हान सेन्ट्रल जोनसम्मको लागि फिभकै प्रोजेक्टमा नेपाल आएको र उनको अवधि सकिएकाले उनलाई सम्झौता सकिएलगत्तै सम्झौता गर्न नसकिएको बताए ।
‘हान फिभको प्रोजेक्टमा उनीहरुले नै तलब पठाएर नेपालमा पठाएको हो । उनको सम्झौता सकिएको छ । हामीलाइ हानजस्ता चर्चित भलिबल प्रशिक्षक आवश्यक छ । तर, कमजोर आर्थिक अवस्था कमजोर रहेको नेपाल भलिबल संघले उनलाई तत्कालै सम्झौता गर्न असमर्थ भयौ ’ चन्दले भने, ‘अब हामी नेपाल सरकार र राखेपको निर्णय कुर्दैछौं । सरकार या राखेपले विदेशी प्रशिक्षक अनुबन्ध गर्नका लागि बाटो खुला र सहयोग गरे विदेशी प्रशिक्षक नियुक्तिको लागि प्रयास थाल्नेछौं । विदेशी स्तरीय प्रशिक्षकहरु नेपालमा भलिबल संघसँग सहकार्य गर्न इच्छुक छ । तर, संघ अहिले केही गर्न नसक्ने अवस्थामा छ ।’

यस्तै महासचिव चन्दले प्रशिक्षक हान करिब दुई महिना नेदरल्यान्डमा व्यस्त रहने कार्यतालिका रहेकाले त्यसपछि सागको लागि उनलाई पुनः ल्याउन सकिने बताए । यस्तै प्रशिक्षक हान एबिङले तीन महिना नेपाल बस्दा तीन साता मात्रै नेपाल बसेजस्तो अनुभव भएको बताए ।

‘मैले नेपालमा करिव ९० दिन बिताए । नेपालमा भलिबल क्रेज निकै देखे । लगातार प्रशिक्षणमा रहेपनि म पछिल्लो केही दिन पोखरामा रहे । त्यहाँ पनि भलिबलको क्रेज उस्तै ’ हानले भने, ‘यहाँको खेलाडीमा भलिबल प्रति लगाव छ । धेरै सिक्न जरुरी छ । म्याच एक्सपोजर पाए नेपालको भलिबल धेरै माथि उठ्न सक्छ ।’

संघले चाहेको अवस्थामा फेरिपनि नेपाल आउने सक्ने उनले थपे । २५ बर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले ७ बर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।
सन् १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।

उनले २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको हेड कोचका रुपमा पनि काम गरेका थिए । जसमा उनले २००८ मा जर्मन कमको उपाधि दिलाएका थिए भने २००७ मा तेस्रो स्थान दिलाएका थिए ।

संघका अध्यक्ष शर्मा, महासचिव चन्द, उपाध्यक्ष निरोज मास्के, कुमारराज सुवेदी, राखेप तथा संघका सदस्य इन्दिरा निरौला, सचिव तथा महिला टोलीका प्रशिक्षक जगदिश भट्ट, सचिव मनवीर छन्त्याल सदस्य ज्योति केसी रीता कोइराला, कप्तान इम बहादुर राना र एसियन रेफ्री क्याडेड विकास गुरुङ लगायतले बिदाई गरे ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.