6 years ago
September 5, 2019
पोखरा (हाम्रो खेलकुद)– पत्रकार सन्देश श्रेष्ठलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५ प्रदान गरिने भएको छ । सहारा क्लब पोखराले खेलकुद विटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदान आधारमा वर्षेनी पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिभा छनोट समितिले श्रेष्ठलाई पुरस्कार दिन गरेको सिफारिसलाई क्लब अध्यक्ष केशवबहादर थापा अध्यक्षताको बिहीबार बसेको बैठकले अनुमोदन गरेको क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील श्रेष्ठ हाल नागरिक दैनिक, रेडियो अन्नपूर्ण र आर्थिक आवाज पत्रिकामा आबद्ध छन् । उनी खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व उपाध्यक्ष समेत हुन् ।
क्लबको २१औं वार्षिकोत्सव अवसरमा सो पुरस्कार प्रदान गरिने जनाइएको छ । पुरस्कार राशी २० हजार ५ सय ५५ र ताम्रपत्र छ । पुरस्कार राशी यसवर्ष ५ हजार वृद्धि गरिएको क्लब महासचिव विश्वराज बरालले जानकारी दिए । प्रतिभा छनोटका लागि क्लब सल्लाहकार समेत रहेका अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल यसअघि सो पुरस्कारबाट सम्मानित भैसकेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]