6 years ago
September 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का चीनका लागि विशेष दुत प्रदीप न्यौपाने गैरआवासिय नेपाली संघ (एनआरएनए) चीनको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
दुई वर्षे कार्यकालका लागि कार्यसमिति चयन हुँदा उपाध्यक्षमा सुशील बेल्बासे, खुस्बु अग्रवाल, महासचिवमा यमबहादुर क्षेत्री, सचिवमा तीर्थ पौडेल र मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रञ्जिता आचार्य, सहकोषाध्यक्षमा बलराम लामा चयन भए ।
सदस्यमा तुलसी न्यौपाने, सन्दीप खनाल, यादव अर्याल, विजयकुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मोहनप्रसाद मैनाली, नवराज तिमल्सिना, प्रदीप सिंह र मिर्जा रसिग वेग छन् ।महिला संयोजकमा सविता बर्तौला, युवा संयोजकमा सुरज न्यौपाने निर्वाचत भए । आइसिसी सदस्यका लागि नवीन विक निर्विरोध निर्वाचित भए ।
गैर आवासिय नेपाली संघका केन्द्रिय महाचिव ब्रदी केसीले एनआरएनए चीनका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सफल गरेका थिए । अध्यक्ष नौपाने केल्मी नेपालको प्रबन्ध निर्देशक हुन् । केल्मी नेपालले नेपालका सबै खाले फुटबल टोली, क्लबहरुमा त्रिभुवन आर्मी क्लब र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबलाई प्रायोजन गरेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]