6 years ago
September 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनसजेएफ खेलपत्रकारिता सम्मानबाट नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट खेलपाटीका समाचार प्रमुख निशान राई ‘सुच्चा’लाई सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २४औं स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ भन्ने नाराका सिलवाललाई अग्रज र राईलाई युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित गरेको हो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वरिष्ठ पत्रकार सिलवाललाई २५ हजार नगद, ताम्रपत्र र दोशल्ला ओढाएर सम्मान गरे ।त्यस्तै
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले युवा पत्रकार राईलाई एक थान ल्यापटप, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मानित गरे । युवा पत्रकारिता पुरस्कार एसियाली खेलकुद पत्रकार महासंघका अध्यक्षका तर्फबाट उपलब्ध गराइएको हो । नेपाल पत्रकार महासंघको एसोसिएट शाखाको रुपमा रहेको मञ्चले यसअघि एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार श्याम चित्रकार, पी खरेल, पुष्करलाल श्रेष्ठ, गोपाल बस्नेत, सीताराम अग्रहरिलाई सम्मानित गरिसकेको छ । सुमन भोम्जन स्मृति युवा खेलपत्रकारिता पुरस्कारबाट गतवर्ष राजधानी दैनिकका खेल पत्रकार दिल तामाङ सम्मानित भएका थिए ।
सम्मानपत्र ग्रहण गर्दै वरिष्ठ खेल पत्रकार सिलवालले खेलकुद पत्रकार मञ्चको गठनसँगै खेल पत्रकारिता संस्थागत ढंगले अघि बढेको बताउँदै आफू खेलकुदमा समाचार संकलनमा क्रममा भोगेका अनुभव सुनाएका थिए । सुमन भोम्जन स्मृति युवा खेल पुरस्कारबाट सम्मानित राईले मञ्चले प्रदान गरेको अवार्डबाट आफुलाई खेलकुद पत्रकारितामा जिम्मेवार भएर अघि बढ्न प्रेरणा मिलेको बताए ।

स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य दिदै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले व्यावसायिक खेलकुद पत्रकारिताका लागि सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरे । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले राष्ट्रको प्रतिष्ठा बढाउने काम गर्दै आएका खेल पत्रकारसँग मिलेर अघि बढ्न चाहेको उल्लेख गरे ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवराम श्रेष्ठले खेलकुद क्षेत्रको विकास र प्रगतिमा खेलकुद पत्रकारले खेलेको भूमिकाको प्रशंसा गर्दै खेलकुदका गतिविधिलाई आम मानिसमा पुर्याउन मात्र नभएर खेलकुदका सरोकार निकायलाई सचेत गराउन समेत खेलकुद पत्रकारिताले उल्लेख्नीय काम गरेको बताए ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेल क्षेत्रभित्रका विकृती र विसंङ्गतीलाई उजागर गर्न स्थापना दिवसले अझ बढी प्रेरणा मिलोस भनि शुभकामना दिदै खेलकुद पत्रकारिताको अभिवृद्वि र विकासका लागि मन्त्रालय र सरकार सधै सहयोग गर्न तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघअन्तर्गत एसोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगाना, राष्ट्रिय खेल संघको तर्फबाट नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, भारतीय कुस्ती संघका अध्यक्ष तथा सभासद ब्रिज भूषण शरण सिंहले शुभकामना मन्तव्य व्यक्त गरे ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले स्थापना दिवसका अवसरमा अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्दै मञ्च अघि बढ्ने विश्वास व्यक्त गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]