6 years ago
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद )- सन्तोषी बैद्य र गंगाराम महर्जन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बर्ष सर्वोकृष्ट कर्मचारीबाट पुरस्कृत भएका छन् । राखेपको ५६ औं बार्षिकोत्सवको समापनका अवसरमा बिहीबार प्रशासनिक कर्मचारीमा बैद्य र प्रशिक्षकमा महर्जनलाई बर्षको सर्वोकृष्ट परिषद् सेवा पदक पुरस्कारले सम्मान गरेको हो ।
बैद्य नुवाकोट जिखेबिसमा कार्यरत छिन् । महर्जन ललिपुर जिखेविसमा कार्यरत कराँतेका सहायक प्रशिक्षक हुन्। दुवैले समान २५ हजार रुपैयाँ र सम्मान पत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट सेवा पदक पुरस्कारबाट प्रशासनिकतर्फ गण्डकी प्रदेशका डम्बरबहादुर नेपाली र प्राबिधिकतर्फ चितवन जिखेबिसकी फुटबल प्रशिक्षक अरुणा गुरुङ सम्मानित भएका छन् । दुवैले समान१५ हजार रुपैयाँ र सम्मान पत्र प्राप्त गरेका छन् ।
त्यसैगरि परिषद सेवा पुरस्कारबाट राखेप खेलकुद बिकास बिभागकी नायब सुब्बा मिला कुमारी राई र प्राबिधिकतर्फ चितवनका तेक्वान्दो सहायक प्रशिक्षक पुष्पराज जोशी सम्मानित भएका छन् । उनिहरुले दुवैले समान१० हजार रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।
राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपमा २५ बर्ष सेवा गरेका २० जना कर्मचारीलाई दीर्ध सेवा पदकबाट सम्मान गरिएको थियो । राखेपमा २०५० साल माघ १ गते सेवामा प्रवेश गरेका एथ्लेटिक्सका ना.ब.प्रशिक्षक अमिरीप्रसाद यादव,टिका सेढाई र चन्द
वहादुर गुरुङ,टेबल टेनिसका ना.ब.प्रशिक्षक शिवनारयाण श्रेष्ठ,शंकर गौतम र बिनोद शाक्य, भारोत्तोलनका ना.ब.प्रशिक्षक प्रदिपकुमार श्रेष्ठ,संगमसिंह थापा र राम पौडेल, बक्सिङका ना.ब.प्रशिक्षक ओमकुमार मास्के र प्रचण्ड शर्मा,पौडीका ना.ब.प्रशिक्षक इश्वरकुमार कार्की र ओङदेन लामा,भलिबलका ना.ब.प्रशिक्षक सुदेशकुमार रिमाल र विरेन्द्र चौधरी,फुटबल ना.ब.प्रशिक्षक दिपकराज शाही,ह्याण्डबल ना.ब.प्रशिक्षक हिमालराज दाहाल र अरुणकुमार लालकर्ण,जिम्न्याष्टिक ना.ब.प्रशिक्षक सजनी मानन्धर र गुणेनारायण महर्जन सम्मानित भएका छन् ।
परिषद् २० बर्ष सेवा गरेका कर्मचारीले पाउने सेवा पदक अधिकृत इ.अरुण उपाध्याय प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चलाई नगद ५० हजारले सम्मान गरिएको थियो । सम्मान पत्र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई हस्तान्तरण गरिएको थियो।
युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार,राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना,सदस्य–सचिव रमेशकुमार सिलवाल,मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतले पुरस्कृत गरेका थिए । कार्यक्रममा १३ औं सागको बन्द प्रशिक्षणमा रहेका खेलाडी राखेप पदाधिकारी संघका अध्यक्ष र राखेप कर्मचारीहरुको उपस्थिति थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]