default_image

5 years ago

September 13, 2019

अपराजित आर्मी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)– यसअघि नै सेमिफाइनल पुगिसकेको त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा हराएको थियो । अपराजित आर्मीले ढोरपाटनमाथि २५–१४,२५–१९ र २५–२२ ले हराएको थियो । उक्त समूहबाट अर्को विभागिय टोली […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यसअघि नै सेमिफाइनल पुगिसकेको त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा हराएको थियो ।

अपराजित आर्मीले ढोरपाटनमाथि २५–१४,२५–१९ र २५–२२ ले हराएको थियो । उक्त समूहबाट अर्को विभागिय टोली नेपाल एपिएफ क्लब समूहको उपविजेता बनेको छ । ढोरपाटन र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर प्रतियोगिताबाट बाहिरिएका छन् । लिग चरणको तेस्रो दिन नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको थियो । आजका खेलहरु समूह विजेता र उपविजेता टुंगो लगाउनका लागि मात्र हुनेछन् ।

समूह ‘बी’मा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश समूह विजेताका लागि केहि समयपछि प्रतिस्पर्धा गर्नेछन् । सोही समूहबाट बाहिरिसकेका आयोजक प्रगतिशिल युवा नेपाल र गल्कोट युवा क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । निर्धारित समयमा भन्दा १ दिन पछि सरेको प्रतियोगितामा शनिबार सेमिफाइनल र आइतबार फाइनल र तेस्रो स्थानको खेल हुने बताइएकोछ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.