6 years ago
September 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत समूह बीको समूह विजेता बनेको छ । गोगंबु नयाँ बसपार्कमा जारी प्रतियोगितामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदशलाई ३–१ ले हराउँदै पुलिस समूहको विजेता बनेको हो ।
पराजित गण्डकी उपविजेता बनेको छ । दुवै टोली यो खेलअघि नै सेमिफाइलन पुगेको थियो । पुलिस २९–३१,२५–१२,२७–२५,२५–१९ ले विजयी भएको छ । अब पुलिसले समूह एको उपविजेता एपिएफसँग सेमिफाइनल खेल्नेछ । अर्को सेमिफाइनलमा समूह एको विजेता त्रिभुवन आर्मी क्लब र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ ।आजै भएको खेलमा ढोरपाटन स्पोर्टस क्लबलाई हराउँदै आर्मी समूह विजेता बनेको थियो ।
पहिलो सेमिफाइनल शनिबार बिहान १० बजे आर्मी र गण्डकी प्रदेशबीच हुनेछ । त्यस्तै दिउँसो १ बजेको सेमिफाइनलमा दुई विभागिय टोली पुलिस र एपिएफले एकअर्कोको सामना गर्नेछन् । आइतबार हुने फाइनलको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले गरेको हो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]