default_image

5 years ago

September 13, 2019

अन्तर्राष्ट्रिय पारालम्पिक कमिटीका अध्यक्ष पर्सन नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) –अन्र्तराष्ट्रिय पारालम्पिक कमिटीका अध्यक्ष एन्ड्रयू पर्सन नेपाल आएका छन् । उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । नेपाल पारालम्पिक कमिटीका अध्यक्ष राधा घलेलगायय कार्यसमितिका पदाधिकारीले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका थिए । ब्राजिलका एन्ड्रयुले एसिया भ्रमण गर्नेे क्रममा जापान हुँदै काठमाडौं आइपुगेको बताइउको छ । उनी काठमाडौंबाट भुटान जाने कार्यक्रम रहेको […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –अन्र्तराष्ट्रिय पारालम्पिक कमिटीका अध्यक्ष एन्ड्रयू पर्सन नेपाल आएका छन् । उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । नेपाल पारालम्पिक कमिटीका अध्यक्ष राधा घलेलगायय कार्यसमितिका पदाधिकारीले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका थिए ।

ब्राजिलका एन्ड्रयुले एसिया भ्रमण गर्नेे क्रममा जापान हुँदै काठमाडौं आइपुगेको बताइउको छ । उनी काठमाडौंबाट भुटान जाने कार्यक्रम रहेको नेपाल पारालम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले बताए । नेपालमा पारा खेलकुदको अवस्था र खेलाडीको अवस्थाको विषयमा बुझ्ने उद्देश्यले उनी काठमाडौं आएका हुन् ।

नेपालले जापानमा हुने पारालम्पिकमा गरेको तयारीको विषयमा छलफल हुने बताइएको छ । नेपाल पारालम्पिक कमिटीको बोर्ड बैठकलाई समेत एन्ड्रयुले सम्बोधन गर्ने कार्यक्रम रहेको पारालम्पिक कमिटीका राष्ट्रिय पारा पावरलिफ्स्टिङ संघका अध्यक्ष टेकबहादुर गुरुङले बताए । २०१७ बाट एन्ड्रयु पारालम्पिक कमिटीका अध्यक्ष रहेका छन् ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.