default_image

5 years ago

September 15, 2019

दक्षिण एसियाली नेटबल च्याम्पियनसिप कात्तिकमा

काठमाडौं(हाम्रो खेलकुद) – प्रथम दक्षिण एसियाली यू१६ नेटबल च्याम्पियनसिप कात्तिकमा काठमाडौंमा आयोजना हुने भएको छ ।  नेपाल नेटबल संघले हुने च्याम्पियनसिप कात्तिक १ देखि ५ गतेसम्म नेपाली सेनाको स्पोर्टस् सेन्टर तथा फिजिकल सेन्टर लगनखेलमा हुने छ । प्रतियोगितामा नेपालसहित,भारत,पाकिस्तान,श्रीलंका,बंगलादेश र माल्दिभ्स गरि ६ देशबीच लिगकम नकाउटको आधारमा प्रतिस्पर्धा हुने संघले जनाएको छ ।  प्रतियोगिता सञ्चालनको लागि […]

35 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – प्रथम दक्षिण एसियाली यू१६ नेटबल च्याम्पियनसिप कात्तिकमा काठमाडौंमा आयोजना हुने भएको छ । 

नेपाल नेटबल संघले हुने च्याम्पियनसिप कात्तिक १ देखि ५ गतेसम्म नेपाली सेनाको स्पोर्टस् सेन्टर तथा फिजिकल सेन्टर लगनखेलमा हुने छ । प्रतियोगितामा नेपालसहित,भारत,पाकिस्तान,श्रीलंका,बंगलादेश र माल्दिभ्स गरि ६ देशबीच लिगकम नकाउटको आधारमा प्रतिस्पर्धा हुने संघले जनाएको छ । 

प्रतियोगिता सञ्चालनको लागि झन्डै  ३१ लाख रूपैयाँ लाग्ने अनुमान संघको छ । जसमा १५ लाख रुपैयाँ सहयोग नागार्जुन नगरपालीकाको रहने बताइएको छ । त्यस्तै अन्य रकम विभिन्न ब्यापारी संघ संस्था र स्रोतबाट प्राप्त गर्ने संघका अध्यक्ष तथा नागार्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले जानकारी दिए । 

नेपालले उक्त प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रियासुरु गरि सकेको बताइएको छ । सुरुवाती ६८ खेलाडीबाट ३७ हुँदै २२ खेलाडी छनोट भएका छन् । असोज दोस्रो साता अन्तिम १२ खेलाडी छनोट गर्दै बन्द्र प्रशिक्षणमा राखिने संघले जनायो । काठमाडौंका कुल ३२ विद्यालयमा नेटबल खेलको अभ्यास हुने गरेको संघले जानकारी दियो  ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.