6 years ago
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशले एपिएफलाई ३-२ सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।
तेस्रो भएको गण्डकीले १ लाख रूपैयाँ प्राप्त गर्ने छ । एपिएफले पहिलो २६-२४ र दोस्रो सेट २५-२३ ले जितेको थियो । तर सुरुवाती दुई सेट गुमाएको गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै लगातार तेस्रो र चौथो सेटमा सनसनीपूर्ण जित हात पार्यो । तेस्रो २५-२१ र २५-१९ गण्डकीले जितेपछि खेल थप रोमान्चक बनेको थियो । टोलीले अन्तिम तथा पाँचौ सेट १६-१४ ले जित्दै तेस्रो पक्का गर्यो ।
एपिएफ आइतबार भएको दोस्रो सेमिफाइनमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । त्यस्तै गण्डकी शनिबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । त्यस्तै उपाधिको लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।
गत २४ भदौबाट सुरु भएको प्रतियोगितामा ८ टोलीले सहभािगता थियो। प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्ने छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]