6 years ago
September 23, 2019
काठमाडौं(हाम्रो खेलकुद)-नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजना तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को सहयोगमा ललितपुरमा सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स सुरु भएको छ ।
एनओसी मुख्यालयमा सोमबारबाट सुरु भएको सोलिडारिटी कोर्समा देशका सातै प्रदेशका ३० सुटिङ प्रशिक्षकहरु सहभागि छन् । विज्ञ निर्देशकहरु नर्वेका लिफ रोलान्ड र हंगेरीका सोनाल रामेन्द्रले चार दिनसम्म चल्ने कोर्समा नेपाली प्रशिक्षकहरुलाई राइफल र पिस्तोलका प्राविधिक पक्षहरु सिकाउने छन् ।
कोर्समा सुटिङका प्राविधिक पक्षवारे जानकारी गराइनुका साथै नेपाली प्रशिक्षकहरुलाई खेलमा परिवर्तन भएका नीति तथा नियमहरु पनि सिकाइनेछ । कोर्स २६ सेप्टेम्वरसम्म सञ्चालन हुनेछ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सोमबार एक कार्यक्रमबीच कोर्सको उदघाटन गर्दै कोर्सबाट खेलको नवीनतम प्रविधि तथा नियमवारे प्रशिक्षकहरु जानकार रहने विश्वास व्यक्त गरे ।
उदघाटनको अवसरमा नेपाल सुटिङ संघका अध्यक्ष पुस्पदास श्रेष्ठ तथा अन्य पदाधिकारीसँगै एनओसीका उपाध्यक्ष चतुरानन्दराज वैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]