default_image

4 years ago

September 30, 2019

एसियन बडिबिल्डिङमा रजनीलाई रजतसहित दुई पदक

काठमाडौं(हाम्रो खेलकुद) – नेपालकी रजनी श्रेष्ठले इन्डोनेसियाको बताममा जारी ५३औं एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई पदक जितेकी छन् । रजनीले एकै च्याम्पियनसिपमा दुई फरक विधामा पदक जित्न सफल भएकी हुन् । रजनीले ५५ केजी तौल समूहमा रजतपदक तथा ३० वर्ष वा सो भन्दा माथिको समूहमा उनले काँस्य पदक जितेकी हुन् । गत वर्ष […]

25 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालकी रजनी श्रेष्ठले इन्डोनेसियाको बताममा जारी ५३औं एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई पदक जितेकी छन् । रजनीले एकै च्याम्पियनसिपमा दुई फरक विधामा पदक जित्न सफल भएकी हुन् ।

रजनीले ५५ केजी तौल समूहमा रजतपदक तथा ३० वर्ष वा सो भन्दा माथिको समूहमा उनले काँस्य पदक जितेकी हुन् । गत वर्ष महेश्वर महर्जनले विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।

थाइल्यान्डमा सम्पन्न प्रतियोगितामा ७५ केजी तौल समूहतर्फ उपाधि जितेर महेश्वरले नेपाली शारीरिक सुगठनलाई ठूलो सफलता दिलाएका थिए ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.