6 years ago
October 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली जुनियर ब्याडमिन्टन टोलीले दक्षिण एसियाली यू २१ क्षेत्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा मिक्स टिममा कास्य पदक जितेको छ । माल्दिभ्समा जारी च्याम्पियनसिपमा नेपाली टोली भारतसँग ३–२ ले पराजित हुँदै फाइनल पुग्नबाट बञ्चित भएको थियो ।
त्यसअघि बंगलादेश र माल्दिभ्सलाई समान ३–२ ले हराउँदै नेपाली टोली सेमिफाइनल पुगेको थियो । नेपाली टोलीमा प्रिन्स दाहाल, प्रफुल महर्जन, रुकेश मर्हजन, रसिला मर्हजन, जेसिका गुरुङ र सिमा राजवंशी छन् । टोलीको प्रशिक्षकमा किरण थापा र व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नविनविक्रम शाह छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]