default_image

5 years ago

October 12, 2019

चिनियाँ राष्ट्रपति सीलाई खेलकर्मीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको दुई दिने भ्रणममा आएका चीनका राष्ट्रपति सी चिनफिङलाई भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणमा सी दुई दिने भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेका हुन् । सीलाई राष्ट्रपति भण्डारी त्रिभुवन विमानस्थलमा स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, राष्ट्रिय संघका पदाधिकारीलगायतको […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको दुई दिने भ्रणममा आएका चीनका राष्ट्रपति सी चिनफिङलाई भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणमा सी दुई दिने भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेका हुन् । सीलाई राष्ट्रपति भण्डारी त्रिभुवन विमानस्थलमा स्वागत गरेकी थिइन् ।

राष्ट्रपति सीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, राष्ट्रिय संघका पदाधिकारीलगायतको सयौं संख्यामा लामबद्ध भएर स्वागत गरेका छन् । सीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका खेलाडीले पनि स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सी बानेश्वर, थापाथली, त्रिपुेश्वर हुँदै होटेल सोल्टी गएका थिए । खेलकर्मीले उनलाई त्रिपुरेश्वर क्षेत्रमा स्वागत गरे । राखेपका पदाधिकारी र खेलाडी तथा खेलकर्मीले स्वागत गर्दा राष्ट्रपति सीले हात हल्लाएर अभिवादन गरेका थिए । खेलकर्मीले थापाथलीको ब्लुबर्ड मल टेकुसम्म सडकको एक भागमा लामबद्ध बन्दै राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

 

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.