6 years ago
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्चरी संघका अध्यक्ष दीपक राज गुरुङ दक्षिण एसियाली आर्चरी महासंघ (साफ) को अध्यक्ष चुनिएका छन् । बंगलादेशमा गत बसेको साफको बोर्ड बैठकले साफका गुरुलाई चार वर्षका लागि अध्यक्ष चयन गरेको हो । साफका संस्थापक सदस्य समेत रहेका गुरुङ यसअघि साफको वरिष्ठ उपाध्यक्ष थिए ।
गुरुङले नयाँ जिम्मेवारीलाई अवसरसँगै चुनौतिका रुपमा लिएको बताएका छन् । ‘ एउटा नेपाली हुनुको नाताले क्षेत्रिय आर्चरीकै नेतृत्व गर्न पाउँनु पक्कै पनि गर्वको विषय हो । मलाई लाग्छ यो नेपाली खेलकुदकै लागि गर्व गर्ने विषय हो,’ ६२ वर्षे गुरुङले भने,‘ दक्षिण एसियाको आर्चरी स्तरलाई अझै कसरी उकास्न सकिन्छ भन्ने विषयमा हामी सामूहिक प्रयास गर्नेछौं । ’
गुरुङ एक साताअघि नै अध्यक्षमा चयन भएको बुधबार साफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साफका महासचिव एवंम् विश्व आर्चरी एसियाका प्रथम उपाध्यक्ष तथा बंगलादेश ओलम्पिक कमिटिका कोषाध्यक्ष काजी राजीव उद्दिन एहमेद चपोलले गुरुङको अध्यक्षतामा दक्षिण एसियामा आर्चरीको गतिविधि बढ्ने र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
गुरुङले १० वर्षअघिबाट रोकिएको साफ आर्चरी च्याम्पियनसिपलाई निरन्तरता गर्ने निर्णय भएको पनि बताएका छन् । ‘हामीले यहि बैठकबाट अब साफ च्याम्पियनसिपलाई निरन्तरता दिने निर्णय गरका छौं ,’ उनले भने,‘ यो पटक फेरि पनि बंगलादेशलाई नै आयोजनाका लागि अनुरोध गर्यौं । पाँचौं संस्करण भने नेपालले २०२२ मा आयोजना गर्नेछौं । त्यस्तै २०२४ मा नेपालमै एसियाली च्याम्पियनसिप आयोजना हाम्रो लक्ष्य हो । ’
साफकै अध्यक्ष भएपनि नेपाली आर्चरी विकासका लागि थप चुनौति बढेको होइन र भन्ने प्रश्नमा गुरुङले भने,‘ हामी क्षत्रिय संस्थाको नेतृत्वका लागि सक्षम भएको मानेर साथीहरुले जिम्मेवारी दिनु भएको छ । त्यसअर्थ हामीमाथि खेलका हिसाबले पनि यो भन्दा माथि जाने चुनौति थपिएको छ । त्यसका लागि हामी संघका पदाधिकारीले आफ्नो ठाँउबाट सक्ने हरसम्भव प्रयास गर्नेछौं ।’
गुरुङले आफुले साफको नेतृत्व पाउनुको मुख्य श्रय आर्चरी संघलाई दिएका छन् । ‘ आज मैले यो जिम्मेवारी पाउनुमा संघका साथीहरुको साथ र सहयोगको ठूलो भूमिका छ ,’ आभारी हुँदै उनले भने,‘ यदि हामीले देशमा राम्रो गर्न सकेका थिएनौं भने क्षेत्रिय संस्थाले किन विश्वास गर्छ । त्यसैले यो मेरो होइन समग्र आर्चरी संघले जिम्मेवारी पाएको भन्ने महसुस गरेको छु ।’
सिंगापुरका अवकास प्राप्त प्रहरी गुरुङले स्वदेश फर्केपछि सन् २००६ मा खेलाडीका रुपमा दक्षिण एसियाली खेलकुद (साग) मा पनि भाग लिएका थिए । ओखलढुंगामा जन्मेका गुरुङको परिवार ललिपुरको सुनाकोठीमा बस्दै आएका छन् । सिंगापुर पुलिसमा रहँदा टेनिस पनि खेलेका गुरुङले त्यहि आर्चरी सिकेका थिए ।
उनले नेपाल फर्केपछि पनि आर्चरीलाई निरन्तरता दिए । सुरुमा उनी खेलाडी र प्रशिक्षक प्रशिक्षकको भूमिकामा पनि सक्रिय रहे । २०६७ मा आर्चरी संघमा महासचिवका रुपमा प्रवेश पाएर दुई कार्यकाल त्यसमै बिताएका गुरुङ चार वर्षअघि अध्यक्षमा चयन भएका थिए । स्वर्गिय लक्ष्मण श्रेष्ठको नेतृत्वमा पूर्नजीवन पाएको आर्चरीले अहिलेको अवस्थामा ल्याउने मध्ये गुरुङ एक मानिन्छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]