6 years ago
October 17, 2019
पोखरा (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को ह्याण्डबलका लागि ३२ खेलाडी छनोट भएका छन् । सागर मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा हुने बताइएको छ । पोखरामा ह्याण्डबलको बिहीबार भएको अन्तिम छनोटबाट पुरुष र महिलामा समान १६ खेलाडी छनोट भएका हुन् ।
नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार महिला टिमतर्फ बविता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आईता लामू शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देव कुमारी बास्कोटा छन ।
त्यस्तै पुरुषतर्फ छनोटमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपक सिं बोहोरा, संदिप कार्की, रणसिं रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्तथापा र शरण थापा छन् ।
छनोट समितीले पुरुष र महिलातर्फ समान ५ बैकल्पिक खेलाडी समेत छनोट गरेको छ ।महिलातर्फ बैकल्पिक खेलाडीमा जिना राई, साधना वम, विष्णा बोगटी, देबी श्रेष्ठ र मञ्जु राउत छन् । सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल पुरुषतर्फ वैकल्पिकमा छन् ।
छनोट समितिमा संघका उपाध्यक्ष जिवन बस्नेत, संघका सचिव केशव पाठक, विदेशी प्रशिक्षक पोर्चुगलका जोआ प्mलोरेन्सियो, ह्याण्डबलका मुख्य प्रशिक्षक एवम् तालिम तथा प्रशिक्षण विभाग राखेपका उप–निर्देशक हिमालराज दाहाल र बरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण छन् ।
खेलाड छनोटपछि संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले खेलाडीहरुले अनुशासनलाई प्राथमिकताका साथ पालना गर्न आग्रह गरे । छनोटको पहिलो चरणमा महिला र पुरुषमा समान २८ तथा दोश्रो चरणमा समान २२ खेलाडी सहभागित थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]