default_image

6 years ago

October 26, 2019

महिला भलिबल टोलीले विश्वविद्यालय टोलीको सामना गर्दै

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रशिक्षणका लागि थाइल्यान्डमा रहेको महिला राष्ट्रिय भलिबल टोलीले शनिबार पाँचौं मैत्रीपूर्ण खेल खेल्दैछ । आज थाइल्यान्डको यू १८ को विश्व विद्यालय च्याम्पियन टोलीसँग प्रतिस्पर्धा हुने टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले जानकारी दिएका छन् ।

यसअघि नेपाली टोलीले ४ खेल खेलिसकेको छ । जसमा ३ जित र १ मा हार बेहोरेकोथियो । पहिलोमा स्थानिय टोली जरानसानिवोङलाई हराएको नेपाली टोली दोस्रो खेलमा थाइल्यान्डको बैंकक विश्वविद्यालयको यू २३ लाई हराएको थियो । तेस्रो खेलमा थाइल्यान्डको यू २१ सँग पराजित नेपाली टोलीले पछिल्लो खेलमा जापानी जुनियर टोलीलाई हराएको थियो ।

बंगलादेशमा आयोजना हुने प्रथम एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप र अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि नेपाली टोली तयारीका लागि थाइल्यान्ड गएको थियो । टोलीले दैनिक दुई समयमा प्रशिक्षण भइरहेको र प्रशिक्षण राम्रो भइरहेको प्रशिक्षक भट्टले जानकारी दिए ।

सेन्ट्रल जोन ढाकामा कात्तिक २२ देखि २७ गते आयोजन हुनेछ । त्यस्तै १३ औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.