6 years ago
October 26, 2019
पोखरा (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरा फुटबल मैदानमा ओछ्याउनका लागि दुबो भारतबाट ल्याइएको छ । भारतबाट ल्याइएको दुबोको मुल्य ६३ लाख रुपैयाँ बराबरको रहेको बताइएको छ । शुक्रबार ३० हजार स्क्वार फिट दुबो आइपुगेको बताइएको छ ।
झन्डै ८२ हजार स्क्वार फिट दुबो मैदानमा रोप्नु पर्ने निर्माणधिन रंगशालाका प्रोजेक्ट मेनेजर दीपक बरालले जानकारी दिएका छन् । नपुग दुबो नाँचजाच पछि पछि आयत गरिने उनले जानकारी दिए । मैदानमा ८५ हजार स्क्वायर फिट दुबो आवश्य रहे पनि भारत बाट आयात गर्दा बिग्रने दुबो समेतको सट्टा भर्ना निर्यात कम्पनीले दिने जानकारी बरालले दिए ।
‘हामीले करिब करिब मैदान भित्रको दुबो रोप्ने काम सकेका छौं’ उनले भने–‘ यो काम निकै महत्वको र चुनौतीपूर्ण थियो । मैदान भित्र रोपिएको दुबोको लागि भारत बाटनै निर्यात गर्ने कम्पनीका २ जना प्राविधिकहरु खटिएका छन् ।उनीहरुले१५ दिन भित्र मैदान तयार भइसक्ने जानकारी दिएको बताइएको छ ।
निर्माण कम्पनीले अब केही दिनमा ट्रयाक एण्ड फिल्डको काम सुरू गर्ने बरालले जानकारी दिएका छन । ट्रयाक एण्ड फिल्डको सबै काम सक्न ३/४ दिन लाग्ने उनले बताए । भारतको विशाखापट््नम वन्दरगाहमा ग्राण्ड स्टाण्डका सामाग्री सोमबार सम्म आइपुग्ने उनले जानकारी दिए ।
हाल पोखरा रंगशालामा ८–१० हजार सिट क्षमताका ए, बि र सि गरि तिन वटा ग्यालेरी अबको तिन सातामा तयार भइसक्ने र त्यहाँ १२ वटा शौचालयहरु निर्माणको काम समेत सकिने बरालले बताए । पोखरा महा नगरपालिकाका प्रमुख एवम् १३ औं साग पोखरा सहजिकरण समितिका सदस्य मानबहादुर जि.सीले शुक्रबार दुबो निरक्षणका लागि रंगशाला पुगेका थिए ।
प्रमुख जि.सीले भने –‘काम सक्न निर्माण कम्पनीले निकै उत्साह देखाएको छ तर जति छिटो काम सम्पन्न हुनु पर्ने थियो त्यो हुन नसकेकोमा मेरो चिन्ता हो ।’ १३ औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा तय छ । पोखरा रंगशालामा महिला फुटबल आयोजना हुने बताइएको छ ।
तस्बिर सौजन्य – सुदर्शन रञ्जित
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]