6 years ago
October 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य सरस्वती चौधरीले चोटका कारण एक साता कोर्ट बाहिर रहनुपर्ने भएको छ । थाइल्यान्डमा रहेको महिला टोलीले कात्तिक ७ गते जापानको जुनियर टोलीविरुद्धको खेलका दौरान ओपन स्पाइकर सरस्वतीको दायाँ गोलीगाठमा चोट लागेको मुख्य प्रशिक्षक जगदिश भट्टले जानकारी दिए ।
चोटकै कारण सरस्वतीले शनिबार थाइल्यान्डको यू १८ विश्वविद्यालय च्याम्पियन टोलीविरुद्धको मैत्रीपूर्ण खेल खेलिनन् । जापानीज टोलीसँग खेल्दा उनको गोलीगाठामा समस्या भएको थियो , प्रशिक्षक भट्टले भने, त्यसले एक साता उनले आराम गर्नुपर्नेछ ।
यसै महिना बंगलादेशमा आयोजना हुने एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप र अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि महिला टोली गत महिनाको अन्त्यमा थाइल्यान्ड गएको थियो । शनिबारसम्म नेपालले ५ मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा ३ मा जित र २ खेलमा टोलीले हार बेहोरेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]