default_image

5 years ago

October 30, 2019

सरस्वती विना मैत्रीपूर्ण खेलमा नेपाली टोली पराजित

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा रहेको महिला राष्ट्रिय टोली बुधबार घरेलु टोलीसँग पराजित भएको छ । थाइल्यान्डको राष्ट्रिय टोलीसँग नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको थियो । ६ वटा मैत्रीपूर्ण खेलमा नेपाली टोलीको यो तेस्रो हार हो । बाँकी ३ खेलमा नेपाली टोली विजयी भएको थियो ।

थाइल्यान्ड टोलीलाई कडा चुनौति दिएपनि नेपाली टोली २५–१८,२५–२०,२५–१७ ले पराजित भएको थियो । यसै महिना बंगलादेशमा आयोजना हुने एभिसी सेन्ट्रल जोन च्याम्पियनसिप र अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली टोली गत महिना थाइल्यान्ड पुगेको थियो ।

चोटग्रस्त सरस्वती चौधरीले खेलिनन् । गत साता जापानको जुनियर टोलीसँगको मैत्रीपूर्ण खेलका दौरान सरस्वतीको दायाँ खुटको गोलीगाँठामा चोट लागेको थियो ।  एभिसी सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गते सम्म बंगलादेशमा र १३ औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।

December 13, 2024

रेकर्ड स्कोर सहित एमेच्योर सदभावलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा शुक्रवार ६-अन्डर ६२ को सानदार स्कोरमा सदभावले ‌समग्रमा १५-अन्डर २५७ सहित उपाधि जिते । साविक विजेता प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै प्रतियोगिताको रेकर्ड स्कोर सहित सदभावले करियरको चौथो उपाधि जितेका हुन्। उनले […]

December 12, 2024

सूर्य नेपाल काठमाडौं ओपन – तेश्रो दिन निरज शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोर निकाल्दै सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीवार शीर्षस्थानमा उक्लिएका छन्। निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन।‌ अन्तिम १८ होलको खेल बाँकी छँदा प्रो निरज र एमेच्योर सदभावबीच कडा प्रतिस्पर्धा हुने संभावना रहेको छ।‌ रोयल नेपाल […]

December 12, 2024

गण्डकी बाहिरियो, सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजसँग बिहीवार सोझो सेटको हार बेहोर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको समूह चरणबाट बाहिरएको छ। गण्डकी बाहिरिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। लिगको शीर्ष स्थानमा रहेको इरान यु १९ ले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले चौथो स्थानको माल्दिभ्सको […]

Success

Thank you for your time.