6 years ago
November 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि पुरुष राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकमा नेदरल्यान्डका लेस्ले डि जोङलाई नियुक्त गरेको छ ।
संघका महासचिव जितेन्द्र बहादुर चन्दका अनुसार नतिजाका आधारमा लेस्लेलाई सागसम्मको लागि पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको बताएका छन् । गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा पनि लेस्लेले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका थिए । उनलाई करिव ४ हजार युरोमा अनुबन्ध गर्ने प्रयास भइरहेको र यसका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) मा प्रस्ताव गरिएको संघ महासचिव चन्दले जानकारी गराए ।
महासचिव चन्दले नतिजाका आधारमा हान एबिङ र लेस्लेमध्ये लेस्लेलाई छनोट गरिएको र उनीबाट घरेलु मैदानमा आयोजना हुने १३ औं सागमा टोलीले राम्रो नतिजा निकाल्ने आशा राखिएको बताए । लेस्लेको प्रशिक्षणमा नेपालले २० टोली सहभागी एसियन गेम्समा १५औं स्थान हासिल गरेको थियो ।
हान एबिङले नेपालमै गत साउन भदौमा नेपालमै आयोजना भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिएका थिए । उनले टोलीलाई तीन महिना लामो प्रशिक्षण दिएपनि नेपाल सेन्ट्रल जोनमा पाँचौ स्थानमा खुम्चिएको थियो ।
नेपाली टोली सागकै बन्द प्रशिक्षणका लागि भारत जाने तयारीमा छ । भारत भलिबल फेडेरेसनको निमन्त्रणामा नेपालले भारतमा प्रशिक्षणका साथै केही अभ्यास खेल खेल्नेछन् । लेस्ले नेभेम्बर १० मा नेदरल्यान्ड्सबाट सोझै नेपाली टोलीमा सामेल हुन भारते जाने सम्भावना रहेको संघले जनाएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]