6 years ago
November 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भुमिमा आयोजना हुने १३औं साग र प्रथम एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको लागि बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोली सोमबार स्वदेश फर्कने भएको छ ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले महिला टोली सोमबार स्वदेश फर्कने र बंगलादेशमा आयोजना हुने महिला सेन्ट्रल जोनका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्ने जानकारी गराए । नेपाली टोलीले एसियाकै उत्कृष्ट एफआइभीवी सेन्टरमा प्रशिक्षणका साथै केही अभ्यास खेल खेल्ने मौका पाएको थियो । टोलीले २२ दिनको अवधिमा ७ अभ्यास खेल खेलेको थियो । जसमा नेपाली टोलीले ४ जित र ती हारको नतिजा निकालेको थियो ।
मुख्य प्रशिक्षक जगदिश भट्टले म्याच एक्सपोजरको लागि टोलीमा रहेका सबै १८ खेलाडीलाई प्रयोग गरेका थिए । टोलीले दैनिक दुई समयमा (बिहान र साँझ) प्रशिक्षणका साथै एक दुई दिनको विश्राममा त्यहाँको टोलीसँग अभ्यास खेल खेलेको थियो । सेन्ट्रल जोन ढाकामा २२ कात्तिकदेखि २७ सम्म आयोजना हुदैछ । त्यसपछि नेपाली टोली १३औं सागको तयारीमा जुट्नेछ । १३औं साग १५ देखि २४ मंसिरसम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।
नेपाली टोली :
प्रतिभा माली – प्रदेश ३, सरस्वती चौधरी – एपीएफ, निरुता ठगुन्ना – आर्मी, अरुणा शाही – गण्डकी प्रदेश, कमला पुन – पुलिस, रेश्मा भण्डारी – एपीएफ, जानकी भण्डारी – आर्मी, उषा भण्डारी – पुलिस, लक्ष्मी (सोफिया) पुन – आर्मी, हिरा केसी – एपीएफ, उषा विष्ट – एपीएफ, संगम महतो – आर्मी, शान्ति थारु – आर्मी, सुनिता खड्का – आर्मी, पुनम चन्द – गण्डकी प्रदेश, शान्ति तामाङ – पुलिस, सलिना श्रेष्ठ – प्रदेश ३, आरती सुवेदी – प्रदेश ३
अफिसियल:
मुख्य प्रशिक्षक – जगदिश भट्ट, प्रशिक्षक – सलिना श्रेष्ठ, प्रशिक्षक – भरत यादव, टिम व्यवस्थापक – रीता कोइराला
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]