6 years ago
November 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै समयमा गर्ने प्रतिबद्धता शनिबार सहभागी राष्ट्रका प्रतिनिधिसँग गरेको थियो । सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एनएओसी) को बैठक उद्घाटनमा भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको र समयमा १३ औं साग हुने बताएका थिए ।

शुक्रबार रातभर दशरथ रंगशालाको भिआइपी प्यारापिटको छानाको लागि पोल हाल्ने निरिक्षण गरेका मन्त्री विश्वकर्मा शनिबार बिहान एनएओसीको उद्घाटन सत्रमा भाग लिन पुगेका थिए । मन्त्री विश्वकर्माका सामू रातभर काम गर्ने मध्येका एक जनाले भने शनिबार दिउँसो ज्यान गुमाएका छन् । पोल राख्ने क्रेन चालक इन्द्र श्रेष्ठको शनिबार दिउँसो मृत्यु भएको हो । मृत्युको कारण हृदयघात बताइएको छ ।
सरकार, सरकार मातहातको राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १३ औं सागका लागि अन्तिम समयमा तत्परता देखाइरहँदा क्रेन चालकको मृत्युले काममा संलग्नको स्वास्थ्यप्रतिको बेवास्ता उजागर भएको छ । श्रेष्ठ राखेपका कर्मचारी होइनन् । उनी भिआइपी प्यारापिटको छाना हाल्न ठेक्का पाएको कम्पनीमार्फत काममा संलग्न कामदार हुन् ।
शुक्रबार दिउँसोदेखि शनिबार विहान ८ः०० बजे सम्म श्रेष्ठलगायतले रंगशालामा काम गरेको ठेकदार उपेन्द्र बमले बताए । ‘मन्त्रीज्यू लगायत हामी सबै थियौं । इन्द्र दाईले रातभर काम गर्नुभएको हो । बिहान उहाँ सायद ३-४ घन्टा आराम गर्नुभयो होला । अरु साथीहरुलाई अलि अप्ठेरो भयो भन्दै घर जानुभएको थाहा पाएँ’, बमले भने, ‘प्रेसरको औषधी खानुहुन्थ्यो भन्ने थाहा भयो । घरमा बाथरुममा लडेपछि केएमसी लगिएको रहेछ । त्यहि क्रममा उहाँको मृत्यु भयो भन्ने थाहा भयो ।’

श्रेष्ठका छोरा/छोरी विदेशमा रहेका कारण अन्तिम संस्कार भइनसकेको र श्रेष्ठको शव केएमसीमै रहेको जानकारी बमले दिएका छन् । लामो समयदेखि भौतिक पूर्वाधार निर्माणमा तत्परता नदेखाएका मन्त्री विश्वकर्माको पछिल्लो सक्रियता चर्चाका लागि त ठिकै होला । तर, साग आयोजनाको जिम्मेवारी ४ वर्ष भन्दा अगाडि नै पाएको नेपालका खेल अधिकारी के गरेर बसे भन्ने प्रश्न उठिरहेको छ । समय हुँदा भौतिक पूर्वाधार निर्माण लगायत काममा ध्यान नपुग्दा अन्तिम समयमा काम सक्नकै चटारो भएको छ । जसकारण रंगशालाको काम दिनरात गर्नुपरेको छ ।
भौतिक पूर्वाधार निर्माण समयमा नभएकै कारण यसअघि दुई पटक सागको मिति सार्नुपरेको थियो । भौतिक पूर्वाधार पूर्न रुपमा तयार नभएपनि नेपालले मंसिर १५ देखि २४ गते सम्मका लागि तोकिएको साग समयमै गर्नेमा सहभागी राष्ट्रलाई आश्वस्त पार्ने प्रयास गरेको छ । अघिल्लो साता मात्र फुटबलको विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध हुने एक घरेलु खेल मङ्सिर ३ गतेका लागि गर्न नसक्ने भन्दै नेपालबाट आयोजना गर्ने जिम्मेवारी खोसिएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]