default_image

4 years ago

November 17, 2019

सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई

काठमाडौं (हाम्रो खेलकुद)– दुई साता पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनी नक्षत्र न्यूज (एनके) मिडियाले खरिद गरेको छ । सागका सबै खेलको प्रत्यक्ष प्रसारण गर्ने सम्झौताबीच राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी) र एनके मिडियाबीच आइतबार आयोजित कार्यक्रममा सम्झौता भएको छ । सम्झौता वापत […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई साता पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनी नक्षत्र न्यूज (एनके) मिडियाले खरिद गरेको छ ।

सागका सबै खेलको प्रत्यक्ष प्रसारण गर्ने सम्झौताबीच राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी) र एनके मिडियाबीच आइतबार आयोजित कार्यक्रममा सम्झौता भएको छ । सम्झौता वापत एनकेले राखेपलाई ८ करोड रुपैयाँ दिनेछ । सागलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने जिम्मा भने फिस्कल एजेन्टलाई दिएको छ ।

राखेपका तर्फबाट सदस्य सचिव रमेशकुमार सिलवाल, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, एनकेका प्रभात रन्जन मल्लिक र फिस्कल एजेन्टका प्रियानाथ चतुराजोपाध्ययले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनके मिडियाले २७ वटै खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । प्रत्यक्ष प्रसारणका लागि प्राप्त हुने विज्ञापन को रकम पनि राखेपले नै पाउने सम्झौता उल्लेख रहेको बताएको छ । नेपाल टेलिभिजनले पनि सागका सिमित खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।

साग मंसिर १५ गते देखि २४ गते सम्म काठमाडौं, ललितपुर पोखरा र जनकपुरमा हुँदैछ । ७ देशका ३ हजार बढी खेलाडीले २७ खेलमा प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन र समापन दशरथ रंगशालमा हुनेछ ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.