6 years ago
November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)- उषा भन्डारी र हिरा केसीलाई समेट्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ ।
नेपाल भलिबल संघले आइतबार बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन खेलेका १२ खेलाडीलाई यथावत र दुई खेलाडी थप्दै १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
संघले वल्ड भलिबलमा १४ जनाको टिम कम्पोजिसन रहेको र यसै अनुसार १४ सदस्यीय टोली घोषणा गरिएको जानकारी गराएको छ ।
जस अनुसार संघले सेन्ट्रल जोनमा रहेका १२ सदस्यलाई यथावत राख्दै हो । २ खेलाडी समेट्दै टोली घोषणा गरेको हो । उषा र हिरा बंगलादेशमा सम्पन्न सेन्ट्रल जोनको टोली घोषण गर्दा अटाएका थिएनन् ।
नेपाली भलिलबमा ऐतिहासिक पदक जितेर स्वदेश फर्किएको नेपाली टोलीले आइतबार बाटै प्रशिक्षण शुरु गरिसकेको छ ।नेपाली टोलीको कप्तानी अरुणा शाहीले गर्ने्छिन् ।
नेपाली टोलीः अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द, सलिना श्रेष्ठ, उषा भण्डारी र हिरा केसी
अफिसियलः जगदिश भट्ट (मुख्य प्रशिक्षक), सलिना श्रेष्ठ (प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र रीता कोइराला (टिम व्यवस्थापक)
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]