6 years ago
November 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दुई दशक पछि स्वदेशमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटनका लागि अब ५ दिन मात्र बाँकी छ । १३ औं सागका लागि गठित सबै समितिले आ आफ्नो काम अन्तिम चरणमा पु¥याएका छन् ।
दशरथ रंगशालाको भिआइपीतर्फको प्यारापिट माथि छाना हाल्ने र कुर्सी राख्ने बाहेकका काम लगभग सम्पन्न भइसकेका छन् । खेलाडीहरुको अन्तिम तयारीमा छन् । सबै हिसाबले अब नेपाल १३ औं साग आयोजनाको लागि तयार अवस्थामा छ । सागअन्तर्गतको भलिबल बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्भड हलमा सुरु हुँदैछ ।
यसैबीचमा राखेपले खेलाडीको हौसला बढाउनका लागि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन र सागका खेलाडीका लागि विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम तय गरेको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि न उनी कार्यक्रममा उपस्थित हुन सके न त प्याकेजको घोषणा नै भयो ।
प्रधानमन्त्रीको सघन उपचार भइसकेको र अहिलेको स्वास्थ्य अवस्था स्थित रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दिउँसो १ः४० बजे प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । उनमा एपेन्डिसाइटिससहित पेटको सक्रमण देखिएको जनाएको छ ।
प्रधानमन्त्रीको विशेष सम्बोधनका लागि पोखरामा बन्द प्रशिक्षणमा रहेका ७ खेलका खेलाडी तथा प्रशिक्षक पनि काठमाडौं आएका थिए । २ दिनको प्रशिक्षण रोकेर खेलाडी टोली राजधानी आइपुगको थियो । मंगलबार नै खेलाडीहरु पोखरा फर्केका छन् । पोखरामा हुने ह्यान्डबलमा भाग लिने नेपाली खेलाडी भने अहिले प्रशिक्षणमा देश बाहिर रहेका छन् । पोखरामा तय भएको अर्को खेल प्याराग्लाइडिङ सहभागी राष्ट्र नपुग्दा हटाइएको छ ।
प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले सम्बोधान गरेका थिए । उनले नेपाल सरकारले यसअघि नै निर्धारण गरेको पुरस्कार राशीमा उल्लेखनिय बृद्धि हुने बताएपनि रकम भने तोकेनन् । सागका स्वर्ण पदक विजेताले ३ लाख, रजत विजेनाले २ लाख र कास्य पदक विजेताले १ लाख रुपैयाँ दिने नियमावलीमा उल्लेख छ ।
‘मैले अहिले पुरस्कार यत्तिनै हुन्छ भन्ने अवस्था छैन,’ अर्थमन्त्री खतिवडाले भने,‘ युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा यहि हुनुहुन्छ । यसबारेमा उहाँले पनि भन्नु होला । म यति भन्न सक्छु अहिलेको पुरस्कार राशीमा उल्लेख्य बृद्धि हुनेछ ।’ राखेप सदस्य सचिव रमेशकुमार सिलवालले भने जस्तो खेलाडीका लागि प्याकेज घोषण भने हुन सकेन ।
प्रज्ञा प्रतिष्ठानको हलमा खचाखच भरिएका खेलाडी र खेलकर्मीले खेलाडीलाई उत्साहित बनाउने गरि प्याकेज घोषणा होला भन्ने अपेक्षा गरेका थिए । अर्थमन्त्री खतिवडाले खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले १३ औं सागका लागि पर्याप्त नभएपनि केहि पूर्वाधार बनेको जानकारी गराए ।
उनले भलिबलका लागि अलग्गै कभर्ड हल बनाउने वचन दिए । ‘स्थान उपलब्ध भएपछि हामी कभर्ड हल बनाउने छौं,’ उनले भने,‘ सेन्ट्रेल जोन भलिबल च्याम्पियसिपका लगभग मैले सबै खेल हेरे । म आफै पनि युवा अवस्थामा भलिबल खेल्ने भएकोले मलाई यो खेल मन पर्छ ।’ सोही अवसरमा मन्त्री खतिवडाले गत महिना सेन्ट्रल जोन च्याम्पियन महिला भलिबल टोलीलाई जनही ३ लाख रुपैयाँबाट पुरस्कृत गरिएको थियो ।
मंसिर १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उद्घाटन गर्ने र प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । नेपालसहित ७ राष्ट्रका ३ हजार बढी खेलाडीले सागका २६ खेमला प्रतिस्पर्धा गर्नेछन् । नेपालले सबै २६ खेलमा गरि ५ सय ९४ खेलाडी उतार्दैछ । नेपालमा यसअघि सन् १९८४ मा सागको पहिलो र १९९९ मा आठौं संस्करण आयोजना भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]