6 years ago
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक सुरुवात हुन चार दिन मात्र बाँकी रहँदा भारतले तीन खेलमा आफ्ना खेलाडी सहभागि गराउन दबाब दिएको छ ।

आन्तरिक विवादका कारण सुरुमा दर्ता नगरेको भारतले तेक्वान्दो, कराते र आर्चरीमा खेलाडी सहभागिताका लागि ओलम्पिक काउन्सिल अफ (ओसिए) मार्फत दबाब दिएपछि एनओसी बैठक बस्ने तयारीमा छ । ओसिएको दबाबपछि भारतीय खेलाडीलाई सहभागिता दिने नदिने विषयमा छलफल गर्न अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी) बैठक हुने श्रोतले जानकारी दियो । यी तीनै खेल नेपालले सर्वाधिक पदक आशा गरेको खेल हुन् ।
‘भारतीय खेलाडीले देशको नभई ओसिएको झण्डामा साग खेल्ने सम्भावना रहेको बताइन्छ । अन्तिम समयमा ओसिएबाट दबाब आएपछि आज यहि विषयमा बैठक बोलाइएको छ’, श्रोतले भन्यो, ‘सम्भवत सहभागिता हुन्छ ।’ नोभेम्बर २० सम्ममा खेलाडी दर्ताका लागि अन्तिम मिति तय गरिएको थियो । भारतका सम्बद्ध संघहरु विवादमा रहेका कारण खेलाडी दर्ता हुन सकेको थिएन । दक्षिण एसियामा भारत तेक्वान्दो, कराते र आर्चरीमा बलियो प्रतिस्पर्धी राष्ट्र हो । सागमा आर्चरीमा १०, तेक्वान्दोमा २९ र करातेमा १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

सागको औपचारिक उद्घाटन मंसिर १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । नेपालसहित ७ राष्ट्रका ३ हजार बढी खेलाडीले २६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् । सागमा समान ३ सय १७ स्वर्ण र रजत पदक तथा ४ सय ८१ कस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले मात्र सबै २६ खेलमा भाग लिएको छ । भारतले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो , कराते र आर्चरीमा
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]