6 years ago
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबारबाट औपचारिक रुपमा सुरुवात हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लागि इसेवालाई टिकेटिङ पार्टर बनाएको छ । सागका फुटबल, भलिबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको छ ।
इसेवाका सिओओ रोशन लामिछानेले टिकट विक्रीको १५ प्रतिशत मध्ये ७ प्रतिशत रकम राखेपले पाउने जानकारी दिएका छन् । दशरथ रंगशालामा हुने फुटबलका लागि राउन्ड रोविनका खेलको टिकटकोदर साधारण प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
फुटबल फाइनलमा भने साधारणतर्फ १ हजार र भिआइपीतर्फ २ हजार रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको छ । रंगशालाका कुर्सी वा अन्य केहि तोडफोड भएका टिकटको आधारमा टिकट खरिद गर्ने व्यक्तिलाई क्षेतिपूर्ति तिराउनुको साथै प्रतिबन्ध समेत लगाइने बताइएको छ ।
राखेपको त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने भलिबल र बास्केटबलका लागि भने ५ सय रुपैयाँको टिकट निर्धारण गरिएको छ । त्यस्तै क्रिकेटमा नेपालको खेल भएको दिन ५ सय रुपैयाँ र अन्य खेलमा २ सय रुपैयाँ टिकट शुल्क तोएिको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन आइतबार भएपनि सागका भलिबल खेल भने बुधबारबाट सुरु भइसकेका छन् । सागमा नेपालसहित ७ राष्ट्रका ३ हजार बढीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । सागमा समान ३ सय १७ स्वर्ण र रजत तथा ४ सय ८१ रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
पोखराका १४ स्थानबाट टिकट खरिद गर्न सकिने
यस्तै पोखरामा हुने सागका खेलको १४ स्थानबाट टिकट खरिद गर्न सकिने बताइएको छ । पोखरामा हुने ८ खेलको सोनिक टुुर्स एण्ड ट्राभल्स जिरो कि.मी, जिरो पोइन्ट टुर्स एण्ठ ट्राभल्स पृथ्वीचोक, सुमन कम्युनिकेशन बगर, मनकामनमा इलेक्ट्रीकल्स महेन्द्रपुल, मेट्रीक इन्टरप्राइजेज सभागृहचोक, नोभल इन्टरनेशनल ट्राभल्सस राष्ट्रबैंकचोकमा टिकट विक्रीको लागि राखिएको जानकारी दिइएको छ ।
कुँवर हाडवर्यस हरीचोक, ग्रिन सिङ्गनल टुर्स एण्ड ट्राभल्स अमरसिंहचोक, बि एण्ड बि रेष्टुरेन्ट स्याङजा, एन्फो म्याक्स कम्प्युटर प्रा.ली तालचोक, इशान एजुकेशन विरौटा, ब्लु स्काई ट्रामल्स बाराहीचोक, कोइराला ट्रेड हाउस प्रस्याङ, बानियाँ किराना पसल लामाचौर, पोखरा रंगशाला गेट, एस.आर के.सी क्याटरिङ र बिच भलिबल खेल मैदान लेकसाइडमा टिकट स्थल तोकिएको स्रोत साधन परिचालन समिति संयोजक संजिव बहादुर कोइरालाले जानकारी दिए ।
सागका खेल हेर्नको लागि प्रवेश शुल्क तय गरिएको छ । सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ । भने सिजनल तर्फ ५ सय रुपैँया दर तोकिएको छ । खेल हेर्नको लागि दर्शकले अग्रिम टिकट वुकिङ सेम तगर्न सक्ने छन । पोखरामा महिला फुटबल, महिला क्रिकेट, विच भलिबल, भारोत्तोलन, ह्याण्बल, आर्चरी, ट्राइयाथोलन र व्याडमिन्टनका खेल हुने छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]