6 years ago
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भारतले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको समूह चरणमा लगातार दुई खेल जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ ।
भारतको त्यो जितसँगै एक खेल जितेको नेपाल पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । दुवै खेलमा पराजय भोगेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको खेलमा भारतले बंगलादेशलाई २५–८,२५–११ र २५–९ को सोझो सेटमा पराजित गरेको थियो । पहिलो खेलमा पनि बंगलादेशसँग समान ३–० कै सोझो सेटमा पराजित भएको थियो ।
नेपालले पनि भारतसँगको खेल ३–० को सोझो सेटमा गुमाएको थियो । यद्दपी नेपालले पहिलो सेटमा भने कडा टक्कर दिएर अन्तमा २६–२४ ले खेल गुमाएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]