default_image

6 years ago

November 30, 2019

स्वदेशको साग त्याग्दै विदेश लागिन् तुलसा

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ठूला प्रतियोगिता खेल्न विदेश पुगेका खेलाडी मध्ये केहि उतै लुक्ने गरेको घटना नेपाली खेलकुदमा नौलो होइन । सन् २०१४ को एसियाली खेलकुदमा भाग लिएका ५ खेलाडी फर्केनन् । त्यसअघि कोरियामा नै फुटबल टोली ३ जना भागेका थिए । यी त केहि उदाहरण हुन् ।

कति खेलाडी यसरी भागे त्यसको तथ्याङ्क अहिले सम्म छैन । तर, खेलाडी भाग्ने क्रम रोकिएको छैन । तर, यसपटक भने फरक भएको छ । स्वदेशमै हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेकै अवस्थामा एथलेटिक्स खेलाडी तुलसा खत्री विदेश गएकी छिन् । चार सय मिटर दौडकी राष्ट्रिय कीर्तिमानी तुलसा प्रशिक्षकहरुलाई झुक्काउन सफल भएर विदेश लागेकी छिन् ।

सेनाकी खेलाडी उनी बिहीबार कतार गएको पुष्टि भएको एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङले जानकारी दिए । टोलीमा रहेका सबै प्रशिक्षकसँग पुजाका लागि भन्दै प्रशिक्षण ढिला आउने जानकारी गराउँदै योजनाबद्ध तरिकाले भागेको पुष्टि भएको गुरुङले बताए । एथलेटिक्सका महिला खेलाडी सुन्धाराको राजधानी होटलमा बस्दै आएका थिए । खेलाडीसँगै तीन महिला प्रशिक्षक मुख्य सहायक प्रशिक्षक टिका सेढाई, पदमा चौधरी र कान्ति महतो छन् ।

‘हामी अलग होटलमा थियौं । बुधबार राती बिहान बर्तको सांगे गर्नुछ । मन्दिर गएर प्रशिक्षणमा आउँछु भनिन् । मैले होटलमै भएका प्रशिक्षकलाई पनि सोध भने । सबैसँग सोधिछन्,’ गुरुङले भने,’ उसलाई प्रशिक्षण गराउने राकेश बज्राचार्यलाई पनि त्यसै भनेर खबर गरेकी रहिछन् । हामी सबैले उनको भनाईमा विश्वास गर्यौं । जान अनुमति दियौं । होटलका कर्मचारीका अनुसार उनी विहान ५ः३० तिर पूजाको सामग्री लिएर निस्केकी थिइन् ।’

नेपाली सेनाको मुख्यालयमा रहेको मैदानमा एथलेटिक्स खेलाडीले प्रशिक्षण गर्दै आएका छन् । ८ बजे सुरु हुने प्रशिक्षणमा उनी आइनन् । त्यति बेला उनले प्रशिक्षक बज्राचार्यलाई केहि समय ढिला हुने जानकारी सहितको एसएमएस गरेको गुरुङ बताए । ‘उनी नआएपछि अरु खेलाडी प्रशिक्षण सुरु भयो । सबै त्यसमै व्यस्त भयौं । म केहि पछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) तिरको काममा व्यस्त भए,’ गुरुङले बिहीबारको घटनाक्रम सुनाए, ‘मलाई दिउँसो १ः३० तिर तुलसा होटल नआएको खबर आयो । मोबाईल अफ भएपछि मलाई खबर गरेको हुनुहपर्छ । ३ः३० बजे हाम्रो फेरि सामेल हुन्छ । उसका साथीहरुसँग सोध्दा विदेश गएको पक्का भयो । अनि मैले राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटलाई मौखिक जानकारी दिए । ‘

ठूलो प्रतियोगिताको मुखमा आएर पदक जित्ने आशा गरिएको खेलाडीले प्रशिक्षण छाडेर विदेश जाँदा दुःख लागेको गुरुङले बताए । उनले व्यक्तिगततर्फ चार मिटर दौड, हडल्स तथा ४ गुना एक सय रिलेमा दौडने तय थियो । ‘हामीले हडल्स र रिलेमा पदकको आशा गरेका थियौं, उ राम्रो खेलाडी हो । पदकको आशा त थियो नि । रिलेमा भारत र श्रीलंकापछि हामी दाबेदार थियौं ।’गुरुङले नेपाली सेनालाई पनि तुलसाको बारेमा जानकारी गराएएको र शुक्रबार राष्ट्रिय टिम तयारी समितिलाई पनि लिखित जानकारी दिइएको बताए ।

एथलेटिक्सको एउटा इभेन्टमा सहभागी सातै राष्ट्रले २ खेलाडी सम्म दर्ता गराउन पाउने प्रावधान अनुसार तुलसा खेल्ने इभेन्टमा अरुणा रिजाल पनि छन् । अब अरुणाले मात्र नेपालको तर्फबाट चुनौति पेश गर्नेछिन् । गत महिना मात्र सातौं विश्व सैनिक गृष्मकालिन खेलकुदमा तुलसाले चार मिटर दौड ५९.५७ सकेन्डमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले प्रमिला रिजालले २०१० मा बनाएको ५९.९० सेकेन्डेको कीर्तिमानलाई भंग गरेकी थिइन् ।

१२ औं सागका रोड रेसका स्वर्ण पदक विजेता सेनाका पूर्व खेलाडी राजेन्द्र भण्डारीले नेपालगन्जको क्षेत्रिय खेलकुदमा उनको प्रदर्शन देखेर त्रिभुवन आर्मी क्लबमा आबद्ध गराएको स्मरण गरे । ‘प्रतिभावान खेलाडी देखेर हामीले त्यति बेला उनलाई क्लबमा लिएका थियौं,’ उनले स्मरण गरे,’ अग्लो देखेर पछि उनलाई भलिबलमै लगिएछ । उनले एथलेटिक्समै इच्छा रहेको बताएपछि हामीले पुनः फर्काएका थियौं । प्रतिभावान खेलाडी हुन् । यसरी बीचमै छाडेर गएको खबरले खल्लो लाग्यो ।’

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.