default_image

6 years ago

December 25, 2019

सुदूरपश्चिम स्पोर्टस अवाडलाई ठाकुर ग्रुपको पनि साथ

119 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको ठाकुर ग्रुपले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलाली समनवय शाखाको आयोजनामा पुस १५ गते धनगढीमा अवार्ड आयोजना हुँदैछ ।

स्पोर्टस अवार्डको एउटा विधा लाइभफाइम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेको छ । अब यो विधाको नाम ठाकुर ग्रुप लाईफ टाईम एचिभमेन्ट अवार्ड रहने बताइएको छ । ठाकुर ग्रुपका प्रबन्ध निर्देशक हरिशंकर ठाकुर र मञ्च समन्वय शाखा कैलालीका सल्लाहकार दिपक उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सामाजिक उत्तरदायित्व सम्झेर अवार्डलाई सहयोग गरेको ठाकुर ग्रुपका प्रबन्ध निर्देशक ठाकुरले बताए । उनले खेलकुद गतिविधमा सहयाग गर्ने प्रतिबद्धता जनाए । खेलकुद क्षेत्रको विकास लागि व्यवसायीहरुको हातेमालोले आउने खेलकुद क्षेत्रमा लागेकाहरुलाई हौसला वढाउन सहयोग गर्ने अपेक्षा गर्दै मञ्चका सल्लाहकार उपाध्यायले ठाकुर ग्रुपलाई धन्यवाद दिए ।

अवार्ड विभिन्न ६ विधामा दिइनेछ यसअघि नै मञ्चले सार्वजनिक गरिसकेको । जसमा बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड छन् । स्पेशल र लाइभटाइम अवार्डबाहेक चार वटा विधामा समान ३ जनाको मनोनयन हुने मञ्चले जनाएको छ । अवार्डका सवै ६ वटा विधालाई अलग अलग प्रायोजन भईसकेको छ ।

बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग अस्पताल, वर्ष युवा खेलाडीलाई केटिएम वाईक, बर्ष प्रशिक्षकलाई दिनेश सोप, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफ टाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रपले प्रयोजन गरिसकेको अवार्ड कार्यक्रमका संयोजक तथा मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताए ।

अवार्डको सह–प्रायोजकको रुपमा शौभाग्यश्वर फार्मेसी, हस्पिटल पाटर्नरमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट र प्रवद्र्धकको रुपमा कैलाली जिल्ला खेलकुद विकास समिती र घोडाघोडी नगरपालिका छन् । लाइभ टाइम र स्पशेल अवार्डबाट सम्मानित हुनेले १० हजार तथा अन्य ४ विधाका विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.