6 years ago
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अध्यक्ष ध्रुव बहादुर प्रधानसहित २९ सदस्यीय कार्यसमितिलाई नेपाल जिम्न्याष्टिक संघको शनिबार सम्पन्न चुनावी साधारण सभाले निर्विरोध चयन गरेको छ । २०७५ साल माघ ९ गते अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ एकिकरण भएपछि भएको निर्वाचन सर्वसम्मत नेतृत्व चय गर्न सफल भएको छ ।
त्यसबेला प्रधानकै अध्यक्षतामा जिम्न्याष्टिक संघ एकिकरण गरी पुनर्गठन गरिएको थियो । एकीकरणअघि नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधान नेतृत्वको संघलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंह नेतृत्वको संघलाई राष्ट्रिय मान्यता थियो ।
प्रधानको अध्यक्षतमा साधारण सभाले २९ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन ग¥यो । एकिकरणपछि सह–अध्यक्ष भएका किशोरबहादुर सिंह त्यही पदमा यथावत् रहे । सात उपाध्यक्षमा दीपककृष्ण प्रजापति, राजेश खड्का, बाबुराम थापा, गीता क्षेत्री, अरुणकुमार राठी, सुशिलप्रकाश प्रधान र मोहनराज भट्ट छन् ।
मुकुन्दराज शर्मालाई पुनः महासचिवकै जिम्मेवारी दिइयो भने प्रमिला सिंह श्रेष्ठ र वचन देउजाले सचिव, सुनिलमान सिंले कोषाध्यक्ष तथा डा. कुस्मिला आचार्यले सह–कोषाध्यक्षको जिम्मेवारी पाए ।
रामप्रसाद बस्याल, पर्मेश्वर जोशी, हरि पाण्डे, सूर्यबहादुर अधिकारी, प्रवीण उप्रेती, योगेन्द्र गुरुङ, शंकरप्रसाद पौडेल, डा। सानु कुमार, पूर्णमान वज्राचार्य, खगेन्द्रप्रसाद अधिकारी, विष्णुनारायण ग्वाछा, सन्देश मानन्धर, राजेशमान श्रेष्ठ, अनिलचन्द्र वज्राचार्य र शैलैन्द्र श्रेष्ठ सदस्यमा चयन भए ।
साधारणसभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गरेका थिए । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख समेत रहेका प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पदाधिकारीहरुलाई शपथ गराउँदै प्रमाण पत्र प्रदान गरे ।
जिम्न्याष्टिक संघ १४ औं संघका रुपमा राखेपमा २०३७ सालमा दर्ता भएको थियो । जिम्न्याष्टिक खेल भने नेपालमा २०२७ सालदेखि खेल्न सुरु गरिएको बताइएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]