default_image

6 years ago

December 29, 2019

खेलकुद पत्रकार मञ्च झापा र नेम्वाङबीच सम्झौता

177 views

0 Bookmark

धुलाबारी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ का लागि दाताहरुसँग आर्थिक सम्झौता सुरु गरेको छ । यसै क्रममा आगामी तीन वर्षका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मञ्चबीच आर्थिक सम्झौता नवीकरण भएको छ ।

नेम्वाङले यसअघि अवार्डका तीन संस्करणमा पनि सहयोग गरका थिए । नेम्वाङका भाइ पूर्वफुटबल खेलाडी आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चले ‘झापा स्पोर्टस् अवार्ड’ गर्दै आएको छ । झापाको धुलाबारीमा एक कार्यक्रमका बीच नेम्वाङ र मञ्च झापाका अध्यक्ष हिमाल खरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेम्वाङले आफ्ना भाइको स्मृतिमा मञ्चलाई अवार्ड सम्पन्न गर्न सहयोग गर्दै आएका हुन् । मञ्चका अध्यक्ष खरेलका अनुसार अवार्डको चौथो, पाँचौँ र छैटौँ संस्करणका लागि नेम्वाङले एक लाखका दरले तीन लाख रुपैयाँ प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापछि नेम्वाङले खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

नेम्वाङले भने, ‘मेरो सानो सहयोगले खेलाडीलाई उत्प्रेरणा मिल्छ भन्ने आशा राखेको छु ।’ कार्यक्रममा अध्यक्ष खरेलले मञ्चमार्फत खेलकुद र खेलाडीको उन्नति र हौसला प्रदान गरेको भन्दै नेम्वाङलाई धन्यवाद दिए । खेलकुद क्षेत्रको विकास र विस्तारका लागि मञ्चले विभिन्न ६ विधामा अवार्ड प्रदान गर्दै आएको छ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.