default_image

4 years ago

December 31, 2019

प्रिन्स र कविता सुदूरपश्चिमका उत्कृष्ट

35 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवरले सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । पहिलो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डमा क्रिकेटका खड्ग बोहोरा र भारोत्तोलनका सागर भण्डारीलाई पछि पार्दै ब्याडमिन्टनमा सागका पदक विजेता प्रिन्स विजेता बनेका हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आयोजना गरेको अवार्डमा सागकी स्वर्ण पदक विजेता कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्टलाई पछि पार्दै कविता विजेता बनेकी हुन् । प्रिन्सले दुबई जुनियर ईन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए । उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने उनी पहिलो खेलाडी हुन् ।

प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा पनि प्रिन्सले स्वर्ण पदक जितेका थिए । साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक जितेका उनले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक जितेका थिए।

जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य जितेका प्रिन्सले आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू–१७ मा स्वर्ण जित्न सफल भएका थिए। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले कास्य पदक जितेका थिए।

बर्षको उत्कृष्ट महिला खेलाडी बन्न सफल कविताले भने जनवरीमा थाइल्याण्डमा भएको टि–२० स्म्यासमा पाँच खेलमा २ विकेट लिएकी थिइन । ११ टि ट्वान्टी अन्तराष्ट्रिय खेलममा ९ विकेट लिएकी उनले प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशलाई फाइनल पु¥याउने क्रममा उनको उत्कृष्ट प्रदर्शन रहेको थियो। उनी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश स्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई च्याम्पियन बनाउने क्रममा ‘प्लेयर अफ दी सिरिज’ नै बनेकी थिईन्।

भारोत्तालेनका सागर भण्डारी बर्षको उत्कृष्ट युवा खेलाडी चुनिए । उनले सुदुरपश्चिम प्रदेशलाई भारात्तोलनमा २२ बर्षपछि स्वर्ण पदक दिलाएका थिए । उनले सुनिललाल मेमोरियल कपमा भारात्तोलन प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । जुनियर तौल समुहमा एसियन गेममा समेत उनी सहभागी भएक थिए ।

भारोत्तोलनका जीवन गौतम बर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए । गौतम कोरियामा भएको एसियन सिनियर कप भारात्तोलन प्रतियोगितामा प्रशिक्षक भएर नेपाललाई एक रजत र दुई कास्य पदक जिताउन सफल भएका थिए ।

स्पेशल अवार्ड भने कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक सिंहलाई प्रदान गरिएको छ । आफ्नो तीन बर्षे कार्यकालमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो ।

कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा २०७२ असोज १४ गते नियुक्ती भएर २०७६ असोज १४ गते कार्यकाल सम्पन्न गरेका सिंहले सिंहले आफ्नो कार्यकालमा देशभरीमै कैलाली जिल्ला खेलकुदलाई उत्कृष्ट तेस्रो बनाएका थिए । फाप्ला मैदान निर्माणको वजेट विनियोजनदेखि लिएर ४२ वटा विद्यालयमा खेल मैदान, बास्केटबल कोर्ट, वहुउद्देश्यीय कभर्डहल, सबै निर्वाचन क्षेत्रमा एक एक खेल मैदान, टीकापुरमा सुटिंग रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलबारी र खेलकुद विकास समितीमा क्रिकेट पिच निर्माणमा उनको भूमिका रहेको बताइएको छ ।

लाईफ टाईम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती श्याम सुन्दर शर्मालाई प्रदान गरिएको छ । उनलाई क्रिकेट र फुटवबमा लामो समयसम्म योगदान दिए बापत लाईफ लाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको बताइएको छ । लाइभ टाइम एचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड विजेताले १० हजार र ट्रफी प्राप्त गरे । अन्य विधा विजेताले ट्रफी र २५ हजार रुपैयाँ प्राप्त गरे ।

कैलाली हस्पिटल मुख्य प्रायोजक रहेको स्पोर्टस अवार्डमा सह–प्रायोजकमा शौभाग्यश्वर फार्मेसी विशेष अटोमोबाईल्स, सिपी हस्पिटल र नवजीवन हस्पिटल रहेका थिए । त्यसैगरी अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका थिए ।

मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका थिए भने प्रवर्द्धकका रुपमा सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेका थिए । त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार र भेनु पार्टनरको रुपमा ओम प्यालेस रहेका थिए ।

May 16, 2024

राजनलाई हाफ म्याराथनको उपाधि

सुमन अधिकारी,बुटवल त्रिभुवन आर्मी क्लबका राजन रोक्काले दोस्रो राष्ट्रिय हाफ म्याराथनको‌ उपाधि जितेका छन् । राजनलेले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबार बुटवलमा आयोजना गरेको दोस्रो राष्ट्रिय हाफ म्याराथनको […]

May 15, 2024

स्यान्टु ओलम्पिकमा छनोट हुने तेस्रो‌ नेपाली

काठमाडौं (हाम्रो खेलकुद)- स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन्। पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार भएको फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४-३ सेटले हराउँदै स्यान्टुले ओलम्पिक यात्रा गरेका हुन्। लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्यान्टु ११-७,८-११,११-७,११-६,८-११,८-११, ११-९ ले विजयी‌ भएका हुन्। स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो […]

May 15, 2024

कान्तिपुर हाफ म्याराथन शनिबार

काठमाडौं (हाम्रो खेलकुद)- कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण यहि साता आयोजना हुने भएको छ। कान्तिपुर पब्लिकेशन्स लिमिटेडले आयोजनामा शनिबार हुने म्याराथनको‌ सबै तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो। ग्लोबल आईएमईको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा यस वर्षको नारा ‘रन टु इन्स्पायर द यड’ रहेको छ । कान्तिपुर हाफ म्याराथनमा ४ विधा रहने […]

Success

Thank you for your time.