default_image

6 years ago

January 20, 2020

ओलम्पिक अघि जापानमै प्रशिक्षण व्यवस्था

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलुकद)– टोकियो ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई तोकोशिमा प्रिफेक्चरमा प्रशिक्षण दिने विषयमा नेपाल ओलम्पिक कमिटी (एनओसी) र तोकोशिमाबीच सम्झौता भएको छ । कार्यक्रममा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको पनि उपस्थिति थियो ।

जापानस्थित तोकोशिमाका गर्भनर कामोन इजुमी र एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सोही अवसरमा पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य र आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले पनि हस्ताक्षर गरेका थिए ।

एनओसी अध्यक्ष नेपालको खेलकुद विकासका लागि जापान सरकारको भूमिका सधै महत्त्वपूर्ण रहँदै आएको बताए । उनले टोकियो ओलम्पिकको आयोजनाको सफलताका लागि जापानलाई शुभकामना पनि दिए । राजदुत राणाले प्रशिक्षणको अवसरले नेपाली खेलाडीको स्तरमा विकास हुनेमा विश्वास व्यक्त गरिन् ।

टोकियो ओलम्पिक २४ जुलाईदेखि अगस्ट दोस्रो सातासम्म हुँदैछ ‌। एनअोसीले यसअघि पनि जापानका विभिन्न सहरमा ओलम्पिकलाई लक्षित गर्दै कार्यक्रम ल्याएको थियो ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.