6 years ago
January 24, 2020
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्चले एआईपीएस स्पोर्टस् मिडिया अवार्डको ‘वेस्ट कोलम राइटिङ’ विधाको उत्कृष्ट तीनमा पर्न सफल काठमाडौं पोष्टका खेल पत्रकार प्रज्वल ओलीलाई बधाई तथा शुभकामना दिएको छ ।
मञ्चले शुक्रबार कार्यक्रमको आयोजना गर्दै मञ्चका महासचिव समेत गरेका ओलीलाई मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र), एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी, मञ्चका वरिष्ठ उपाध्यक्ष सञ्जिव शिल्पकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन आचार्यले अवार्डमा बधाई तथा शुभकामना दिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा २ सय भन्दा बढी खेलकुद संघहरु दर्ता भएपनि मुस्किलले ५० वटा संघ क्रियासिल रहेको भन्ने काठमाडौं पोष्टमा प्रकाशित ओलीको समाचार उत्कृष्ट ३ मा पर्न सफल भएको थियो । सोही विधामा गत वर्ष मञ्चका अर्का सदस्य आदर्श ढकालको समाचार शीर्ष १० मा पर्न सफल भएको थियो ।
मञ्चका अध्यक्ष सुवेदीले एआईपीएस अवार्डमा नेपालको उपस्थितिले नेपाली खेलकुद पत्रकारितालाई दीर्घकालीन फाइदा पुग्ने बताए ।
एआईपीएस एसियाका कोषाध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष राजवंशीले ओलीको मनोनयन खेलकुद पत्रकारिताका लागि सुखद उपलब्धि रहेको बताए । अवार्ड मनोनयनमा परेका ओलीले एआईपीएस अवार्डको उत्कृष्ट तीनमा पर्नु आफ्ना लागि सुखद आश्चर्य रहेको बताए ।
महासंघका केन्द्रीय सदस्य आचार्यले ओलीको मनोनयनले नेपाली खेलकुद पत्रकारिताले विश्व मञ्चमा बलियो उपस्थिति जनाएको बताउदै अवार्ड प्राप्त भएमा थप बोनस हुने धारणा राखे । वरिष्ठ उपाध्यक्ष शिल्पकारले अवार्डको उत्कृष्ट तीनमा पर्न सफल ओलीलाई विजयीको अग्रिम शुभकामना दिए ।
विश्वभरका १ सय ८ प्रतिस्पर्धीबाट ओलीको खेलकुद समाचार उत्कृष्ट तीनमा पर्न सफल भएको थियो । ओलीसँगै उत्कृष्ट तीनमा स्पेन र अर्जेन्टिना पत्रकार परेका छन् । हंगेरीको बुडापेस्टमा माघ २० गते विश्व खेलकुद पत्रकार महासंघ (एआइपिएस) को साधारण सभाका दौरान अवार्ड विजेताको घोषणा हुनेछ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]