default_image

6 years ago

February 1, 2020

शून्यतामा गण्डकी भलिबल!

468 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एक समय थियो । साविक (पश्चिमाञ्चल विकास क्षेत्र) हालको गण्डकी प्रदेश भलिबलको हरेक प्रतियोगितामा उपाधि दावेदारको रुपमा रहन्थ्यो । विभागीय टोलीलाई दवाव दिने एक्लो टोलीको रुपमा कहलिन्थ्यो । उपाधि पनि आफ्नै पोल्टामा पार्न सफल हुन्थ्यो ।

manju gurung

गण्डकीका महिला र पुरुष टोलीले पछिल्लो दशकमा यस्तै सफलता हात पार्दै भलिबलमा गर्विलो इतिहास बनाएको थियो । हरेक प्रतियोगितमा पश्चिमाञ्चलको टोलीको माग (डिमान्ड) हुने गर्दथ्यो । पश्चिमाञ्चललाई प्रतियोगितामा समावेश गर्न नसकिए एक कदम पछि पर्ने आयोजकलाई भान हुने गर्दथ्यो । यही भलिलबको उर्वर भुमिबाट राष्ट्रिय टोलीमा पश्चिमाञ्चलकै खेलाडीको बाहुल्यता हुने गर्दथ्यो । अब यो कथा जस्तै बन्न थालेको छ ।

तर, अहिले समय फेरिएको छ । अझ भन्नुपर्दा गण्डकीको भलिबल शुन्यतामा झरेको भन्दा पनि कुनै फरक पर्ने छैन । उकालो तर्फ लाग्नुपर्ने गण्डकीको भलिबल क्रमश ओरालतर्फ लागेको लाग्यै छ । यसमा सम्बन्धित निकायको अझै पनि आँखा खुल्न सकेको छैन ।

हरेक प्रतियोगिताहरुमा उपाधिको दावेदारको रुपमा हेरिने गण्डकीको भलिबल स्तर कहाँ छ भन्ने विषय गत साता सम्पन्न पाँचौ आरबीबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता नै नजनाउनुले छर्लङ्ग पारेको छ । आफ्नो प्रदेशले सहभागिता नै नजाएपछि गण्डकीका खेलाडीले अन्य क्लबबाट खेल्दै आफ्नो प्रतिभा देखाए । यो गण्डकी भलिबलका लागि पक्कै राम्रो हैन । यसबारे गण्डकी प्रदेशका भलिबलको उच्च तहमा बस्नेले सोच्नुपर्ने बेला भएको छ ।

बिहीबारदेखि काठमाडौंमा १५औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप सुरु भयो । त्यसमा पनि गण्डकीले सहभागिता जनाएन । आर्थिक अभाव वा खेलाडी नभएर सहभागिता नजनाएको हो कि ? तर, यिनै गण्डकीका खेलाडीले विभिन्न क्लबबाट खेल्दैछन् । तीन खेलाडीले बुलबुले रारा भलिबल क्लबबाट तथा अन्य खेलाडीले ढोरपाटनबाट खेल्दैछन् ।

गण्डकीको अनुपस्थितिसँगै नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई रोज्दा पवित्रा विसी, रस्मिता दुरा र रेविका मगरले बुलबुले रारा भलिबल क्लब र लक्ष्मी कुमालले ढोरपाटनबाट खेल्दैछिन् । अरुणा शाहीले गण्डकी प्रदेशले सहभागिता जनाएको खण्डमा आफ्नै प्रदेशबाट खेल्ने बताएपनि गण्डकीको अनुपस्थितिपछि उनी पुन: डायमन्डमै पुगेकी हुन् । उनले आरबीबी एनभिए क्लब च्याम्पियनसिप पनि डायमन्डबाटै खेलेकी थिइन् ।

ढोरपाटन महिला डबल लिग भलिबलमा पोखराको ज्ञानुबाबाले ५ पटक उपाधि जित्दै इतिहास बनाएको थियो । त्यसपछि फिस्टेल, टप्स मावि पोखरा र पछि पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको नामबाट प्रतियोगिता खेल्यो । उपाधि जित्न भने असफल भएको हालको गण्डकी १५औं संस्करणमा सहभागिता नै जनाउन नसक्ने अवस्थासम्म पुग्यो । लगातार ओरालो लागेको गण्डकी हरेक प्रतियोगितामा चौथो र अहिले सहभागितामै सीमित बन्दै गइरहँदा पछिल्लो पटक सहभागी नै हुन सकेन ।

कुनै समय पश्चिमाञ्चलबाट ऋषिसरा थापा, सरस्वती चौधरी (हाल एपिएफ), सिपोरा गुरुङ, मन्जु गुरुङ, परीक्षा गुरुङ (हाल बेलायत), नेपाल राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही (हाल डायमन्ड), मान्ती आले (हाल हङकङ), कमला पौडेल, खुशी खड्का, हिरा केसी (एपिएफ), कमला पुन (नेपाल पुलिस), मनिषा चौधरी (नेपाल पुलिस) र शशि चौधरी (एपिएफ) जस्ता स्तरीय खेलाडी उत्पादन भएका थिए ।

मन्जु गुरुङ

अहिले सबै छिन्नभिन्न छन् । गण्डकीकी कप्तान मन्जु गुरुङले बैशाख यता भलिबल छोएकी छैनन् । तर, अहिले भलिबलमा उनीहरुको बिडो थाप्ने खेलाडी छैनन् । भएका खेलाडीहरु पनि पलायन हुदैँ गएका छन् ।

गण्डकीका एक भलिबल खेलाडीले आरबीबी एनभिए क्लब च्याम्पियनसिपमा इतिहास बोकेको गण्डकीको असहभागितासँगै अब गण्डकीको इतिहास यत्तिकै मेटिने हो ? भन्दै व्यवस्थापक पक्षमाथि आक्रोस पोखेका छन् । उनले गण्डकी प्रदेश भलिबल विना अधुरो रहने भन्दै नेपालमा जतिपनि चर्चिच खेलाडी गण्डकीकै रहेको लेखेका छन् ।

लगातार ओरालोतर्फ लाग्दै गएको गण्डकीको भलिबललाई शून्यता तर्फ उन्मुख छ, यस अवास्थाबत ब्युँताउन सम्बन्धित निकायले के गर्छ, त्यो हेर्न बाँकी छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.