6 years ago
February 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ (बोस) निर्वाचित भएका छन् । संघको शनिबार भएको चुनावी साधारणसभाबाट श्रेष्ठ आफ्ना प्रतिद्वन्दी बिजेन्द्र बिक्रम शाहलाई २ मत अन्तरले पराजित गर्दै चार बर्षका लागि संघको अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठ यसअघि संघको उपाध्यक्ष थिए ।
श्रेष्ठले ३० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी शाहले २८ मत पाए । संघको पाँच उपाध्यक्ष, महासचिव, सहसचिव र कोषाध्यक्ष भने निर्विरोध निर्वाचित भए । उपाध्यक्षमा पार्थसारथी सेन गुप्ता, जगदिश प्रधान, समसुद्दिन सिद्धिकी, राजनकुमार बड्गामी र रुकेश तण्डुकार चयन भए ।
यस्तै महासचिवमा तिलकबहादुर राउत, सहसचिवमा रामेश्वर श्रेष्ठ र कोषाध्यक्षमा रुद्रबहादुर न्यौपाने चयन भए । सचिवमा कुमारमान श्रेष्ठ निर्वाचित भए । उनले ३३ मत पाउँदा उनका प्रतिद्वन्द्वी विपेन्द्र महर्जनले २४ मत प्राप्त गरे ।
१० सदस्यका लागि भएको मतदानमा सदस्यमध्ये गीता श्रेष्ठ महिला सदस्यमा निर्विरोध निर्वाचित भइन् । अन्य सदस्यहरुमा शिवनारायण चौधरी, गोपालबहादुर श्रेष्ठ, रत्नमान माली, महेशप्रसाद यादव, शत्रुघन यादव, दीपेन्द्रकुमार ठाकुर, प्रेमकुमार कौशल, राजेन्द्र प्रधान र अजय शाही निर्वाचित भए ।
अजय र उमेश सिकेको समान ३४ मत प्राप्त भएकोमा गोला प्रथाबाट अजयले सदस्यमा बाजी मारेको हो । १० सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको थियो । साधारण सभामा २३ कार्य समिति सदस्य, ३ प्राविधिक, १ ओलम्पियन र २१ जिल्लाका ४२ गरि ६९ प्रतिनिधिमध्ये ६० मत खसेको थियो । जसमा २ मत बदर भएको थियो ।
विजयी पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत राखेप खेलकुद विकास विभाग प्रमुख डेम बहादुर बस्नेतले पद तथा गोपनियताको सपथका साथै प्रमाण पत्र वितरण गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले उद्घाटन गरेको निर्वाचन कार्यक्रममा ओलम्पिक कमिटिका तर्फबाट कमिटिका सचिव एवं जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले प्रतिनिधित्व गरेका थिए ।
अध्यक्षमा निर्वाचित भएसँगै श्रेष्ठले सबैसँग मिलेर भारोत्तोलन खेलको विकास र विस्तारमा लाग्ने तथा संघको आफ्नो हल र भवन नभएकोले आफ्नै भवन निर्माण गर्नेतर्फ अग्रसर हुने बताए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]