6 years ago
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तेक्वान्दो टोलीका पूर्व प्रशिक्षक श्याम डंगोलले अमेरिकामा व्यक्तिगत पुम्सेमा रजत पदक जितेका छन् ।

अमेरिकाको पोर्टल्यान्डमा यसै साता भएको यूएस ओपन तेक्वान्दो च्याम्पियनसिप र पारा च्याम्पियनसिपको पुम्से ५० देखि ६० वर्षको समूहमा डंगोलले कास्य पदक जितेका हुन् । जसमा अमेरिकी खेलाडीले स्वर्ण पदक र बेल्जियमका खेलाडीले कास्य पदक जितेका थिए ।

डंगोल नेपाल तेक्वान्दो संघका सदस्य पनि हुन् । उनले सन् १९९८ को बैंकक एसियाड, २०१४ को इन्चन एसियडालगायत थ्रुपै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीलाई प्रशिक्षण दिएको नेपाल तेक्वान्दो संघका सचिव एवंम् ओलम्पियन दीपक विष्टले जानकारी दिए ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]