default_image

6 years ago

March 16, 2020

एनओसीले ७ प्रदेशका लागि संयोजक तोक्यो

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जिम्मेवारी तोक्ने क्रममा ७ प्रदेशमा संयोजक तोकेको छ । पोखरामा सोमबार सुरु भएको एनओसी कार्यसमितिको बैठकले संयोजक तोकेको हो । 

बैठकको पहिलो दिन प्रदेश १ का लागि उप महासचिव पिताम्बर तिम्सिना, प्रदेश २ का लागि उपाध्यक्ष अशोक बज्राचार्य संयोजक तथा सचिव रामजीबहादुर श्रेष्ठ र सदस्य प्रकाश सम्शेर राणा सदस्य , बागमती प्रदेशको संयोजक उपाध्यक्ष सुनिलकुमार श्रेष्ठलाई तोकिएको छ ।

त्यस्तै गण्डकी प्रदेशका लागि उपाध्यक्ष तेजबहादुर गुरुङ संयोजक र सदस्य तासी घले सदस्य , प्रदेश ५ का लागि सचिव तुलसा थापा संयोजक र सदस्य दीर्घबहादुर (कुमार) केसीलाई सदस्य तोकिएको छ भने कर्णाली प्रदेशमा सचिव दीपकहर्ष बज्राचार्य र प्रदेश ७ मा कोषाध्यक्ष रतन टण्डनलाई संयोजक तोकिएको एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

पहिलो पटक राजधानी बाहिर बसेको बैठक मंगलबारसम्म चल्नेछ । पहिलो दिन विभिन्न विषयमा छलफल भएको महासचिव श्रेष्ठले जानकारी दिए । यसै बर्ष आयोजना हुने टोकियो ओलम्पिकका लागि भइरहेको तयारी, ३ महिना अघि स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियली खेलकुद (साग) आयोजनाको समिक्षा पनि भएको छ । यद्दपी विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेका कारण ओलम्पिककै स्थगित हुने शंका बढेको छ ।

उपाध्यक्ष चतुरानन्द राजवैद्य र महासचिव श्रेष्ठले तयार पारेको साग प्रतिवेदनमा बैठकमा छलफल भएको थियो । त्यस्तै एनओसी अन्तर्गतका विभिन्न ११ कमिसन पनि गठनको संयोजक पनि तय भइसकेको बताइएको छ । डल्लु आवास भित्र बनाउने तयारी रहेको भूकम्प स्मारकका विषयमा पनि छलफल भएको थियो ।

बैठकपछि मंगलबार एनओसीले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरिने बताइएको छ । छलफलमा केन्द्रित हुनका लागि पहिलो पटक उपत्यकाबाहिर बैठक राखिएको महासचिव श्रेष्ठले बताए । भदौं अन्तिममा चयन नयाँ कार्यसमितिको यो चौथो बैठक हो । संघिय सासंद समेत रहेको जीवनराम श्रेष्ठको अध्यक्षतमा बसेको बैठकमा सबै कार्यसमितिका १९ जनाकै उपस्थिति थियो ।

-मंगलबार दिउँसो १ः३० बजे सच्चाईएको । 

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.