default_image

6 years ago

May 1, 2020

सुमनको स्मृतिमा आश्रमलाई सहयोग

173 views

0 Bookmark

हेटौडा (हाम्रो खेलकुद)– विनाशकारी भूकम्पमा परी निधन भएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा शुक्रबार एक वृद्धाश्रमलाई नगद सहयोग गरिएको छ ।

हेटौंडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा आश्रितहरुलाई एकदिनको भोजन ग्रहणका लागि नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रिय कार्यसमिति काठमाडौंले आफ्ना मञ्चका मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष भोम्जनको स्मृतिमा वृद्धाश्रलाई १० हजार रुपैयाँ सहयोग गरेको हो ।

मञ्च मकवानपुर अध्यक्ष राजन दाहाल, सुमनकी आमा विमला भोम्जन, दाजु मदन भोम्जन, नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकरद्वय रञ्जन विष्ट र अञ्जन विष्टसहितको समूहले उक्त रकम आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए । भोम्जनको २०७२ साल वैशाख १२ गतेको भूकम्पमा परि काठमाडौंमा निधन भएको थियो ।

भोम्जनको स्मृतिमा प्रत्येक वर्ष वैशाख १९ गतेको दिनमा मञ्चले विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको भएपनि यसवर्ष कोरोना भाइरसका कारण जिल्ला शाखामार्फत् आश्रमलाई सहयोग उपलब्ध गराइएको जिल्ला अध्यक्ष दाहालले जानकारी दिए । उनका अनुसार भूकम्प १२ गते आएको भएपनि भोम्जनको शब भेटिएको दिन अर्थात वैशाख १९ गते स्मृति दिवस मनाउने गरिएको छ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.