default_image

6 years ago

May 6, 2020

साग पदक विजेता युरोपियन पुम्सेको अर्को चरणमा

282 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुस्सेअन्तर्गत ३० वर्ष मुनीतर्फको सेमिफाइनलमा पुगेका छन् ।

 

जर्मनीमा जारी च्याम्पियनसिपमा सागका पदक विजेता कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्वु पहिलो चरण पार गर्दै अर्को चरणमा पुगेको लक्ष्मणबहादुर ऐरले जानकारी दिएका छन् । लक्ष्मण आफै भने ५० वर्ष मुनकिो उमेर समूहको पुम्सेमा प्रतिस्पर्धा गरिरहेको छन् ।

त्यस्तै महिला तर्फको ३० वर्ष मुनीतर्फ पार्वती गुरुङले भाग लिएकी छिन् । प्रतिस्पर्धीले भिडियो पठाएर प्रतियोगितामा भाग लिएका हुन् । मंसिरमा भएको १३ औं सागमा कमल र पार्वतीले पुम्सेमा स्वर्ण पदक तथा जित र प्रेमले कास्य पदक जितेका थिए ।

सबै खेलाडीहरुको पुम्से भिडियोको यु ट्यूव लिंक मार्फत २८ अप्रिलमा पठाइएको लक्ष्मणले बताए प्रतियोगिताको नियम अनुसार हरेक खेलाडी ले समान ३÷३ वटा यु ट्यूव लिंक हरेक यू ट्यूव लिंकमा २/२ वटा पुम्से गरी एक जनाको जम्मा ६ पुम्सेको भिडियो पठाइइएको बताइएको छ । सबै भिडियो युटुवमा अपलोड गरेर त्यसको लिंक आयोजकलाई पठाइएको छ । लक्ष्मणले सहभागीका लागि समन्वय गरेका थिए भने नामावली नेपाल तेक्वान्दो संघमार्फत पठाइएको थियो ।

प्रतियोगितामा अनलाइन विभिन्न ७२ देशका १ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा गरेहेको बताइएको छ । जसमा ५० वर्ष उमेर समूह मुनि पुरुष तर्फ विश्वभरका ६२ जना, ३० वर्ष मुनिको पुरुष उमेर समुहमा १ सय ७ जना र ३० वर्ष मुनिको महिला समूहमा १ सय १२ जना सहभागि छन् । कोराना भाइर कोभिड १९ का कारण अन लाइन प्रतियोगिता आयोजना गरिएको बताएको छ ।

लक्ष्मणले विश्वभर कोरोनाको महामारीले खेलकुद गतिविधि रोकिँदा खेलाडी फुर्सदामा रहेको अवस्थामा जर्मनीमा प्रतियोगितामा हुन लागेको थाहा पाएर सहभागी भएको बताए । उनले कोरियन प्रशिक्षक क्वान योङ दल, ओलम्पियन दिपक विष्टसँग राय सुझाव लिइ तेक्वान्दो संघ अनुमती लिएर दर्ता प्रक्रिया अघि बढाएको जानकारी दिए ।

हरेक उमेर समूहका शीर्ष ३ म आउने खेलाडीले पदक प्राप्त गर्नेछन् । त्यस्तै सबैभन्दा धेरै लाईक र धेरै सेयर बटुल्ने भिडियोले समान २ सय ५० युरो पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारीका लागि लकआउटको समयमा सरकारको निर्देशन अनुसार शारीरिक दुरी राखेर दैनिक ४ घन्टा अभ्यास गर्ने गरेको लक्ष्मणले बताए ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.