6 years ago
May 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १० को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको ५० दिन नाघिसकेको छ । यस्तोमा सबै क्षेत्रमा संकट बढ्न थालेको छ । यसै सन्दर्भमा फुटबल रेफ्रीहरूलाई सहयोग गर्दै आई रहेको नेपाल फुटबल रेफ्री संघले बिहीबार थप सात जना रेफ्रीलाई आर्थिक सहयोग गरेको छ ।

यसपटक काभ्रेका ३, काठमाडौं, उदयपुर, कैलाली र बर्दियाका समान १ रेफ्रीलाई सहयोग गरेको संघले जनाएको छ । संघले प्रत्येक रेफ्रीलाई ४ हजार रुपैयाँको दरले उपलब्ध गराएको हो । संघले पहिलो चरणमा विभिन्न जिल्लाका १० रेफ्रीलाई राहत रकम वितरण गरेको थियो ।
कठिन परिस्थितिमा आवश्यकता परेका रेफ्रीलाई सहयोगका लागि जिल्ला रेफ्री संघमार्फत् नेपाल फुटबल रेफ्री संघमा जानकारी गराउन पनि संघले आग्रह गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि सहयोगका लागि संकटमा परेका खेलाडी, रेफ्री वा पदाधिकारीको सुचि तयार गर्नका अलग्गै समिति गठन गरेको बताएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]