default_image

6 years ago

May 15, 2020

नीति तथा कार्यक्रममा खेलकुद- पूर्वाधार निर्माणमा जोड

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त सफलतालाई उपलब्धी मान्दै सरकारले नीति तथा कार्यक्रममा त्यसकै आधारमा आउने दिनमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन गरिने बताएको छ ।

मंसिरमा सम्पन्न १३ औं सागमा नेपालले अंक तालिकामो दोस्रो स्थान प्राप्त गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य सहित २ सय ६ पदक जितेको थियो ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा आगामी दिनमा सरकारले अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा सहभागी भई पदक जित्ने गरि खेलाडीको क्षमता बढाउने गरिन् ।

खेलकुदका हकमा सरकारको नीति तथा कार्यक्रम पुरानै शैलीको निरन्तरता मात्रै देखिन्छ । खेलाडीको क्षमता विकास गर्ने, स्थानिय र प्रादेशिक तथा राष्ट्रिय स्तरमा सुविधा सम्पन्न खेलकुद पुर्वाधार निमार्ण र स्तरोन्ती कामलाई निरन्तरता दिने उल्लेख छ । त्यस्तै उच्च पर्वतिय खेलकुद तालिम केन्द्र, निजि क्षेत्रबाट पहल गरेका खेल पुर्वाधारलाई प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रमकै आधारमा अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नेछन् । चालु आर्थिक वर्षको तुलानामा आगामी आर्थिक वर्षको खेलकुद बजेटमा कटौती भएको बताइएको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.