6 years ago
May 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले भोलि (बिहीबार) भलिबल दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । बिहीबार भलिबल नेपालको राष्ट्रिय खेल भएको तीन वर्ष पुरा भएर चौथो वर्षमा प्रवेश गर्दैछ ।

गतवर्ष नैकापस्थित न्यु डायमन्ड एकेडेमीमा भलिबल दिवस मनाउदै ।
तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री रहँदा र माओवादी केन्द्रकै दलजित विके श्रीपाइली युवा तथा खेलकुद मन्त्री भएको कार्यकालमा नेपाल सरकारले २०७४ जेठ ८ गते गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । सोही दिनलाई सम्झना गर्दै संघले जेठ ८ लाई भलिबल दिवसको रुपमा मनाउदै आएको छ ।
तर, यसपटक कोरोना महामारीको कारण देश लकडाउनमा रहेका कारण भलिबल दिवसमा कुनै औपचारिक कार्यक्रम गर्न नसकिने संघका अध्यक्ष मनोरन्जनरमण शर्माले जानकारी गराए । तर, पनि सम्भव भएसम्म भिडियो कन्फ्रेसमार्फत एक आपसमा भलिबल दिवसको शुभकामना आदान प्रदान गरिने अध्यक्ष शर्माले बताए ।

संघ सँगकै समन्वयमा न्यु डायमन्ड एकेडेमी नैकापले भलिबल डेको अवसरमा हरेक वर्ष विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले विषम अवस्थाका कारण भलिबल दिवसको दिनमा लगातार हुदै आइरहेको छात्रा भलिबल प्रतियोगिता यसपटक आयोजना गर्न नसकिएको र क्यालेन्डरमा नै रहेका कारण उपयुक्त समयमा आयोजना गरिने बताए ।

यस्तै जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलगायत भलिबलसँग सम्वन्धित क्लब तथा संघ सस्थाले यही दिनमा विशेष कार्यक्रमको आयोजना गर्दै भलिबल दिवस मनाउदै आएको थियो । तर, कोरोना कहरका कारण यसपटक सबै कार्यक्रम स्थगित हुने भएको छ ।
राष्ट्रिय खेल के बनाउने भन्ने विषयले व्यापकता पाइरहँदा सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल भएको घोषणा गरे । त्यसअघि कबड्डी र डन्डीवियोलाई नेपालको राष्ट्रिय खेल मानिदै आएपनि यो आधिकारिक थिएन । गत पुसमा संसदको महिला, शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकुद विकास विधेयकमा छलफल गर्दै सर्वसम्मतिले भलिबललाई नै राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]