default_image

6 years ago

May 24, 2020

एथलेटिक्सका अध्यक्ष शाहद्वारा करोड बढीको सहयोग

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले आफू अध्यक्ष रहेको कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेशका विभिन्न जिल्लामा १ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरणको सहयोग गरेका छन् ।


अध्यक्ष शाहले जाजरकोट जिल्ला अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतलाई शनिबार झन्डै ७ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् । यसरी हस्तान्तरण गरिएको ५ थान प्यासेन्ट बेड, प्यासेन्ट मनिटर, इसीजी मेसिन, अक्सिजन कन्सन्टेटर, प्यासेन्ट ट्रली, नेपुलाइजर, डेलिभरी बेड, पल्स अक्सिमिटर लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरिएको अध्यक्ष शाहले बताए ।

कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न्न परिस्थितिलाई मध्य नजर गर्दैै जिल्लालाई अस्पताललाई सहयो गरेको शाहले बताए । यो समयमा जसले जसरी सम्भवत छ त्यसरी सहयोग गर्नुपर्नेमा जोड दिए । कुमारी ट्रष्ट मार्फत पुर्वसांसद शाहले सुर्खेत स्थित प्रदेश अस्पताललाई एउटा भेन्टिलेरसहित ५ वटा आइसीयू बेड, इसीजी मेसिन, प्यासेन्ट मनिटरसहित ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री शुक्रबार हस्तारण गरेका थिए ।


त्यस्तै जाजरकोट, दैलेख, कालिकोट, हुम्ला, पश्चिम रुकुम, सल्यान, मुगु र डोल्पाका जिल्ला अस्पतालहरुलाई ३० लाख रुपैयाँ बराबरको विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन । लामो समयदेखि अमेरिकामा बस्दै आएकी माया राणाले मार्फत प्राप्त सहयोगबाट कर्णाली प्रदेशमा ट्रष्टले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको शाहले बताए ।

शाहले जाजरकोटमा कार्यरत नेपाल प्रहरी, स्वास्थ्यकर्मी, सशस्त्र प्रहरीलाई माक्स, सेनिटाइजर लगायतका सामाग्री प्रदान गरेका छन् भने पत्रकारलाई पनि मास्क हस्तान्तरण गरेका थिए । डागाड नगरपालिका–५ वडावनमा कुमारी ट्रष्टले ५ करोड रुपैयाँ भन्दा बढी लगानीमा २५ शैयाको सामुदायिक अस्पताल तयार गरेको थियो ।

त्यसअघि शाहले जाजरकोटमा यो भन्दा अगाठि नै जिल्लाका ७ वटै पालिकालाई सर्जिकल वेड लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । एथलेटिक्स संघका अध्यक्ष शाहले यो कठिन परिस्थितिमा कुनै पनि खेलाडीलाई स्वास्थ्य वा अन्य समस्या परेमा संघ सहयोग गर्न तयार रहेको बताएका छन् । कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले दुई महिना भन्दा लामो समयदेखि लकडाउन गरिरहेको छ ।

यस्तोमा आर्थिक रुपमा विभिन्न र दैनिक गुजारा गर्न समस्या परेकालाई विभिन्न खेलका खेलाडीले खाद्यान्न सहयोग गरेका थिए । जसमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य, मण्डेकाजी श्रेष्ठ, स्वर्ण पदक करोतकी अनु अधिकारी, टेबुल टेनिसकी कास्य पदक विजेता एलिना महर्जन, राखेप सदस्य एकेन्द्र कुँवरलगायतले सहयोग गर्दै आएका छन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.